default_image

7 years ago

November 25, 2016

अस्थायी कर्मचारीले राखेपविरुद्ध आन्दोलन गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अस्थायी खेलकुद कर्मचारी संघर्ष समितिले राष्ट्रिय खेलकुद परिषद्(राखेप) विरुद्ध चरणबन्द विरोधको कार्यक्रमको घोषणा गरेको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै विरोध कार्यक्रम तालिका सार्वजनिक गरेको हो । विरोधको कार्यक्रमको पहिलो दिन आइतबार र सोमबार अस्थायी तथा करार कर्मचरीले कालो पट्टी बाधेर बिहान १० बजेदेखि १२ बजेसम्म कलम बन्दसहित विरोध प्रदर्शन गर्ने […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अस्थायी खेलकुद कर्मचारी संघर्ष समितिले राष्ट्रिय खेलकुद परिषद्(राखेप) विरुद्ध चरणबन्द विरोधको कार्यक्रमको घोषणा गरेको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै विरोध कार्यक्रम तालिका सार्वजनिक गरेको हो । विरोधको कार्यक्रमको पहिलो दिन आइतबार र सोमबार अस्थायी तथा करार कर्मचरीले कालो पट्टी बाधेर बिहान १० बजेदेखि १२ बजेसम्म कलम बन्दसहित विरोध प्रदर्शन गर्ने समितिले जनाएको छ ।

k
समितिका संयोजक काजीमान श्रेष्ठका अनुसार तेस्रो दिन मंगलबार राखेपको मुल गेटमा सबै कर्मचारीको उपस्थितिमा बिहान १० बजेदेखि १२ बजेसम्म धर्ना बस्ने कार्यक्रम रहेको छ । विरोधको कार्यक्रमको अन्तिम दिन बुधबार देशव्यापी रुपमा जिल्ला, क्षेत्र तथा राखेपअन्तर्गत सबै कार्यालयमा तालाबन्दी गरि खेलकुदका सबै गतिविधि बन्द गर्ने जनाइएको छ ।
राखेपमा रहेका १ सय ६१ कर्मचारीलाई स्थायी बनाउन एक सुत्रिय माग राख्दै समितिले कात्तिक २६ गते राखेप सदस्य सचिव केशबकुमार विष्टलाई ज्ञापनपत्र बुझाएको थियो । २०६३ साल यता राखेपले स्थायी प्रक्रिया अघि बढाएको छैन । राखेपमा ९ देखि ३० बर्षसम्मका अस्थायी कर्मचारी रहेको बताइएको छ । झन्डै हजार दरवन्दी रहेको राखेपमा हाल ७ सय ४ स्थायी कर्मचारी छन् ।
स्थायी प्रक्रिया तत्कालअघि बढाउन भन्दै समितिले खेलकुदसँग सम्बन्धित युवा तथा खेलकुद मन्त्रालयदेखि राजनीतिक दलका खेलकुद भातृ संगठनलाई समेत बोदार्थ दिएको छ । आन्दोलनलाई वेवास्था गर्दै मागको सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा जाने र त्यसबाट आउने परिणामको जिम्मेवार राखेप हुने समितिले उल्लेख गरेको छ ।

k1

k2

Success

Thank you for your time.