55 minutes ago
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ।
१ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो।
लगातार ६ खेल जितेर यसअघि नै क्वालिफायर वानमा पुगेको सुदूरपश्चिमको यो पहिलो हार हो। अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर नै भिड्नेछन्।
विराटनगरको जितमा विदेशी खेलाडीहरू फाफ डु प्लेसिस, साम हेजललेट र मार्टिन गप्टिलको ब्याटिङ प्रमुख रह्यो।
विराटनगरलाई पहिलो क्वालिफायरमा पुग्न १३.५ ओभरमा जित निकाल्नुपर्ने थियो । त्यसैले आज विराटनगरले आवश्यकता अनुसार सुरुवात देखि नै आक्रमक ब्याटिङ गर्यो।
ओपनिङमा आज फाफ र हेजललेट आए। हेजललेट ओपनिङ गर्न आएको यो पहिलो पटक हो। यी दुईले पहिलो पावर प्लेमा चौका र छक्काको बर्षा नै गराए। पहिलो पावर प्लेमा यी दुईले ८७ रन बनाए। जुन जारी एनपिएलको पावर प्लेमा बनेको सर्वाधिक रन हो।
बिष्फोटक ब्याटिङ गरेका फाफले १९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । यसअघि यो सिजन काठमाडौंका भीम सार्की र सुदूरपश्चिम हर्मित सिंहले पनि १९ बलमा अर्धशतक बनाएका थिए।
फाफ र हेजललेटले पहिलो विकेटको लागि ७.१ ओभरमा ९७ रनको सानदार साझेदारी गरे । फाफ ५० रनमा अभिबसष बोहराको बलमा बोल्ड आउट भए।
वान डाउनमा गप्टिल क्रिजमा छिरे। ओपनर हरजललेटले २६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। अर्धशतक बनाए लगत्तै हेजललेट ५१ रनमा हर्मित को बलमा आउट भए। १ सय ११ रन जोड्दा विराटनगरले दोस्रो विकेट गुमायो।
त्यसपछि २२ रन बनाएका गप्टिल दीपेन्द्रको डाइरेक्ट हिटमा रन आउट भए। तेस्रो विकेट गुमाउँदा विराटनगरले १ सय ३२ रन जोड्यो।
प्रतिश जिसीले ३ बलमा २ छक्का सहित अविजित १३ बनाए । लोकेश अविजित ३ रनमा रहे। बलिङमा सुदूरपश्चिमका अभिनाषले २ विकेट लिए।
त्यसअघि टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो।
सुदूरपश्चिमले पहिलो पावर प्लेको भरपुर सदुपयोग गर्न सकेन्। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा विनोद भण्डारी बसिर अहमदको बलमा बोल्ड आउट भए। उनी १५ आउट हुँदा सुदूरपश्चिमले २५ रन बनाएको थियो।
यसपछि जस ब्राउनले २० रन जोड्दा जीवनदान पाए। मर्चेन्ट डि लाङ्गेले हातमा आएको क्याच ड्रप गरे। तर उनले यसको फाइदा उठाउन सकेनन्।
आठौं ओभरको अन्तिम बलमा ब्राउन सन्दीपद्वारा आउट भए। २४ रन बनाएका उनी साम हेजललेटद्वारा क्याच आउट भए। उनले आकर्षक क्याच लिए। यतिखेर सुदरले ४२ रन जोडेको थियो। सुदूरपश्चिमले १० ओभरमा ५४ रन मात्र बनायो।
क्रिजमा आशिफ शेख र इशान पाण्डेले इनिङस सम्हाले। १५ ओभरको समाप्तीमा सुदरले १ सय २ रन बनायो। यी दुई तेस्रो विकेटको लागि ७२ रनको साझेदारी गरे। यो साझेदारीलाई सन्दीपले तोडे। इशान ३५ बलमा २ चौका र २ छक्का प्रहार गरेर ३८ रनमा आउट भए।
लगत्तै अर्को बलमा सन्दीपले हर्मित सिंहलाई गोल्डेन डक आउट गरे। १ सय १४ रन जोड्दा सुदुरले चौथो विकेट गुमायो। अन्तिम ओभर बलिङको जिम्मा सन्दीपले प्रतिशलाई दिए।
उनले पहिलो बलमा नै १९ रन बनाएका दीपेन्द्रलाई आउट गरे। यही ओभरको अन्तिम बलमा प्रतिशले दीपक बोहरा बोल्ड आउट गरे। आरिफ ३२ बलमा १ चौका र ३ छक्का सहित अविजित ४५ रनमा रहे।
बलिङमा कप्तान सन्दीपले ४ ओभरमा २० रन बनाएर ३ विकेट लिए। जारी एनपिएलमा सन्दीप १५ विकेट सहित सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा रहेका छन्।
सुदूरपश्चिम ७ खेलमा १ हार र ६ जित सहित १२ अंक जोडेर शीर्षस्थानमा रहयो। विराटनगर ५ जित र २ हार सहित १० अंक बनाएर रन रेटमा दोस्रो भयो।
१० अंक बनाएको काठमाडौं गोर्खाज तेस्रो स्थानमा रहयो। ८ अंक सहित लुम्बिनी लायन्स चौथो भयो। काठमाडौं र लुम्बिनीले पहिलो एलिमिनेटर खेल्नेछन्।
आज हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ। दुबै टोली लिग चरणबाट बाहिरिसकेका छन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]