1 hour ago
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ।
टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो।
सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा विनोद भण्डारी बसिर अहमदको बलमा बोल्ड आउट भए। उनी १५ आउट हुँदा सुदूरपश्चिमले २५ रन बनाएको थियो।
यसपछि जस ब्राउनले २० रन जोड्दा जीवनदान पाए। मर्चेन्ट डि लाङ्गेले हातमा आएको क्याच ड्रप गरे। तर उनले यसको फाइदा उठाउन सकेनन्। आठौं ओभरको अन्तिम बलमा ब्राउन सन्दीपद्वारा आउट भए। २४ रन बनाएका उनी साम हेजललेटद्वारा क्याच आउट भए। उनले आकर्षक क्याच लिए। यतिखेर सुदरले ४२ रन जोडेको थियो। सुदरले १० ओभरमा ५४ रन मात्र बनायो।
क्रिजमा आशिफ शेख र इशान पाण्डेले इनिङस सम्हाले। १५ ओभरको समाप्तीमा सुदरले १ सय २ रन बनायो। यी दुई तेस्रो विकेटको लागि ७२ रनको साझेदारी गरे। यो साझेदारीलाई सन्दीपले तोडे। इशान ३५ बलमा २ चौका र २ छक्का प्रहार गरेर ३८ रनमा आउट भए।
लगतै अर्को बलमा सन्दीपले हर्मित सिंहलाई गोल्डेन डक आउट गरे। १ सय १४ रन जोड्दा सुदुरले चौथो विकेट गुमायो। अन्तिम ओभर बलिङको जिम्मा सन्दीपले प्रतिश जिसीलाई दिए। उनले पहिलो बलमा नै १९ रन बनाएका दीपेन्द्र सिंह ऐरीलाई आउट गरे। यही ओभरको अन्तिम बलमा प्रतिशले दीपक बोहरा बोल्ड आउट गरे। आरिफ ३२ बलमा १ चौका र ३ छक्का सहित अविजित ४५ रनमा रहे।
बलिङमा कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन बनाएर ३ विकेट लिए। उनी १५ विकेट सहित सर्वाधिक विकेट लिने सुचीको शीर्षस्थानमा रहेका छन्।
सुदुर जारी एनपिएलमा अपराजित एक मात्र टिम हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको छ।
विराटनगर पनि क्वालिफायर वानमा प्रवेश गर्न चाहन्छ। ७ खेल खेलिसकेको काठमाडौंसँग १० अंक रहेको छ। विराटनगर हारेको खण्डमा काठमाडौं क्वालिफायरमा पुग्नेछ। जितले भने विराटनगरको संभावना रहनेछ। विराटनगरले खेल जिते दुवै टिमको समान १० अंक हुनेछ। रन रेटको आधारमा एक टिम क्वालिफायर वानमा पुग्नेछ। बिराटनगरलाई क्वालिफायर वानमा पुग्न १३ ओभर ४ बलमा जित निकाल्नु पर्नेछ।
आज हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ। दुवै टिम लिग चरणबाट बाहिरिने निश्चित भैसकेको छ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]