default_image

7 years ago

January 24, 2017

ओलम्पिक कमिटीको विवादमा ‘हाइ भोल्टेज ड्रामा’

काठमाडौं (हाम्रो खेलकुद)– वैधानिकता र अन्तर्राष्ट्रिय मान्यताका नाममा नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले अब फेरी नेपाली खेलकुद तरंगित हुन थालेको छ । गत महिना पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको उद्घाटनबाट सुरु भएको पछिल्लो विवादको श्रृखंलाले मंगलबार सम्म आइपुग्दा नयाँ मोड लिएको छ । सोमबार र मंगलबारको हाइ भोल्टेज ड्रामा मुख्यतः सातदोबाटोस्थित एनओसी भवन भित्रको […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– वैधानिकता र अन्तर्राष्ट्रिय मान्यताका नाममा नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले अब फेरी नेपाली खेलकुद तरंगित हुन थालेको छ । गत महिना पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको उद्घाटनबाट सुरु भएको पछिल्लो विवादको श्रृखंलाले मंगलबार सम्म आइपुग्दा नयाँ मोड लिएको छ । सोमबार र मंगलबारको हाइ भोल्टेज ड्रामा मुख्यतः सातदोबाटोस्थित एनओसी भवन भित्रको बस्ने भन्नेमा थियो । पछिल्लो एकदशक देखिएको एनओसी विवाद कहिले अलि चर्को त कहिले अलि मथ्थर रहँदै आएको छ ।

noc1
सर्वोच्च अदालतको निर्णयबाट पुनस्थापित एनओसी अध्यक्ष रुक्म शम्सेर राणा पक्षले सोमबार ललितपुर जिल्ला प्रशासन कार्यालयको सहयोगमा एनओसी भवनमा प्रवेश गरेको थियो । पछि एनओसीको मुल ढोकामा दुवै पक्ष राणा र एनओसी भवन भोग चलन गर्दै आएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त जीवनराम श्रेष्ठ पक्षले ताला लगाएको थियो । बुधबार दिनभर दुवै पक्ष दलबलसहित एनओसी कार्यालय पुगेका थिए । दुई पक्ष मुडभेडका लागि समेत तयार रहेको संकेत देखिन्थ्यो । तर, प्रहरीको बाक्लो उपस्थिति र सुझबुझपूर्ण कदमले कुनै अप्रिय घटना भने भएन । श्रेष्ठले १ बजे पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) को सहगोगमा एनओसी भवन निर्माण गरेको, आइओसी र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को मान्यता प्राप्त आफ्नो नेतृत्वमा रहेको एनओसीलाई भएको दाबी गर्दै भने,‘जसरी हिजो एनओसी कब्जा गर्ने कोसिस भयो त्यसको हामी भत्र्सना गर्दछौं ।’ सँगै उनले आइओसी र ओसिएबाट मान्यता पाएको पत्र ल्याउन सके आफुहरुले राणा पक्षलाई स्वागत गर्दै भवन जिम्मा लगाउन तयार रहेको बताएका छन् । श्रेष्ठले आफुहरुलाई हटाउने प्रयास गरेमा एनओसीमाथि निलम्बन हुन सक्ने खतरा रहेको दोहोराए । उनले भने, ‘पहिला एनओसीमाथि निलम्बन हुँदा अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल संघहरुमाथि निलम्बन हुदैनथ्यो । अहिले परिस्थिति बदलिएको छ । एनओसीमाथि निलम्बन हुँदा त्यसमा रहेको संघ पनि निलम्बनमा पर्छ । यो विषयमा सरकारले गम्भिर लिनुपर्छ र निर्णय लिनुपर्दछ ।’

noc3
झन्डै १ घन्टा मुल ढोकाबाहिर सडकमा रहेको राणा पक्ष झन्डै ४ बजेपछि एनओसी भवन हाता भित्र छिरेको थियो । प्रहरीले दुई पक्षका ५/५ जना रहेको टोलीबीच वार्ता गर्ने सहमतिमा राणा पक्षलाई एनओसी हातामा छिर्ने वातावरण तयार पारेको थियो । सहमति वार्ताको भएपनि एनओसी भवनको ताला खोजेपछि राणा पक्षका ५ भन्दा बढी भवनमा छिर्न खोजेपछि श्रेष्ठ पक्षले त्यसमा आपत्ती जनाएको थियो । त्यसपछि राणा पक्ष भवन भित्र प्रवेश नै गरेन । श्रेष्ठसहित उनका पक्षका पाँच जना भवन भित्र राणा पक्षलाई कुरिरहेको थियो । भवनको ढोका खुलेपछि आफुहरु वार्ता गर्न नभइ पुर्नवहाली गर्न आएको बताएपछि एकछिन वार्ता गर्ने भन्ने सहमति टुटेको थियो । राणालाई भवन हाता भित्र पस्दा श्रेष्ठले स्वागत छ भन्दा जवाफमा राणाले पनि तपाईलाई पनि स्वागत छ भनेका थिए ।
सर्वोच्च अदालतको निर्णय मान्नु सबै नेपालीको कर्तव्य हुने जीकिर गर्दै राणा पक्षले एनओसीमा आफुहरुको अधिकार रहेको बताए । आइओसी र ओसिएको मान्यता ल्याउँदा छोड्ने अर्को पक्षले बताएको छ नी भन्ने प्रश्नमा राणा पक्षका उपाध्यक्ष किशोरबहादुर सिंहले पहिलो सर्वोच्चको निर्णय कार्यान्वय हुनु पर्नेमा जोड दिदै भने, ‘हरेक नेपाललीले सर्वोच्चको निर्णयको सम्मान गर्नुपर्छ । आइओसी, ओसिएलाई पछिल्लो अवस्थाका बारेमा हामीले पनि जानकारी गराएका छौं ।’

rukma

पछिल्लो निर्वाचनमा सहमति भएर अघि बढ्नु भएको होइन र भन्ने प्रश्नमा राणाले जवाफ दिदै भने, ‘मिलेर काम गर्ने भनिएको हो । तर मिलेको होइन । ती दुई फरक कुरा हुन् ।’ उनले सन् २००७ मा आफु नेतृत्वको कार्यसमितिले निर्वाचनको कुनै निर्णय नगरेको जीकिर मात्र गरेनन् होटल हायतमा भएको निर्वाचनमा आफु प्रमुख अतिथी नरहेको बताए । पछिल्लो निर्वाचनका समयमा राणापक्षका ५ जनालाई कार्यसमितिमा मनोनयन गर्ने र ३ जनालाई कमिसनमा राख्ने सहमति भएको जीकिर गर्दै श्रेष्ठले भने, ‘ध्रुबबहादुर प्रधान अध्यक्ष हुदा भएको त्यो सहमति कार्यान्वयन गर्न हामी अहिले पनि तयार छौं । निर्वाचनमा कोषाध्यक्षमा हामीले समेट्यौं । १ उपाध्यक्ष र बाँकी सदस्यको नाम दिनुभएन । हामीलाई लाग्छ कसलाई पठाउने भन्नेमा उहाँहरु बीच नै विवाद छ ।’

एनओसीको पछिल्लो एकदशकको विवादमा केही पात्रमात्र परिवर्तन भएको छ प्रवृतिमा भने खासै परिवर्तन भएको छैन । आइओसी र ओसिएको मान्यता प्राप्त एनओसीले देश भित्र पूर्ण रुपमा विश्वास आर्जन गर्न सकेको छैन भने बेला बखत मात्र सक्रिय हुने राणा पक्षले आफुलाई आइओसी र ओसिएबाट मान्यता ल्याउन सकेको छैन । जसका कारण एनओसीको विवाद यथावत रहेको छ । यसैबीच, युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले दुवै पक्षका ३/३ जनाको टोलीलाई वार्ताका लागि बुधबार मन्त्रालयमा डाकेका छन् ।

noc

noc2

Success

Thank you for your time.