default_image

7 years ago

February 12, 2017

राखेपमाथि क्षेत्रिय अध्यक्ष पौडेलको कटाक्ष

खेलकुदमा एमाले सत्ता र प्रतिपक्ष दुवै प्रकाश तिमल्सिना पोखरा – नेपाली राजनीतिमा नेकपा एमाले अहिलेको मुख्य प्रतिपक्ष दलका रुपमा क्रियासिल छ । तर, खेलकुदमा भने एमाले प्रतिपक्ष नभै सत्ता पक्षका रुपमा रहेको छ । बाँकी राजनीतिक दलका प्रतिनिधिको भूमिका खेलकुदमा प्रतिपक्ष कै रहेको छ, तर ती नामका लागि मात्र छन् । खेलकुदमा एमाले निकै बलियो […]

60 views

0 Bookmark

खेलकुदमा एमाले सत्ता र प्रतिपक्ष दुवै

प्रकाश तिमल्सिना
पोखरा – नेपाली राजनीतिमा नेकपा एमाले अहिलेको मुख्य प्रतिपक्ष दलका रुपमा क्रियासिल छ । तर, खेलकुदमा भने एमाले प्रतिपक्ष नभै सत्ता पक्षका रुपमा रहेको छ । बाँकी राजनीतिक दलका प्रतिनिधिको भूमिका खेलकुदमा प्रतिपक्ष कै रहेको छ, तर ती नामका लागि मात्र छन् ।

khagraj

खेलकुदमा एमाले निकै बलियो संगठन भएको एक्लो राजनीतिक हो भन्दा फरक पर्दैन । यस हिसाबले खेलकुदमा एमालले खेलकुदको सत्ता र संगठनका रुपमा समान्तर सत्ताको पनि अभ्यास गरिरहेको छ । सरकारको नेतृत्व गरिएको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको खेलकुदमा उपस्थिति कमजोर छ । एमाले बाहेकका पार्टीको खेलकुदमा भातृ संगठन हुनु नहनुको औचित्य अझै पुष्टि भइसकेको छैन । । युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रका नेता दलजित श्रीपाली भएपनि उनीले चाहेर मात्र खेलकुदमा परिवर्तनको सम्भावना छैन । उनी पदिय हिसाबले खेलकुदको सर्वोच्च पदमा भएपनि कार्यकारी पदमा एमालेकै नेता छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष, सदस्य सचिव, विवादमा तानिएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष, महासचिव जस्ता महत्वपूर्ण पद होस्, पाँच विकास क्षेत्रका अध्यक्ष र जिल्ला संघ नेतृत्व तह अनुसार अधिकांश ठाँउमा एमालेका नेताले नेतृत्व गरिरहेका छन् । एमालेको खेलकुद भित्र पनि पार्टीमा जस्तै दुई धार पनि छ । तर, पनि एमाले अध्यक्ष केपी ओली पक्षधरको अबस्था भने खेलकुदमा कमजोर मानिन्छ । राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपले गठन गरेको नेपाल क्रिकेट संघका अध्यक्ष रमेश सिलवाल लगायत केही ओली पक्षधर रुपमा खेलकुदमा चिनिन्छन् । जसको खेलकुदमा अहिले खासै ठूलो भूमिका देखिन्न । अहिले माधव पक्षकै बोलवाला खेलकुदमा छ भन्दा फरक पर्दैन ।

एमालेको केन्द्रिय सदस्य जीवनराम श्रेष्ठले एनओसीको नेतृत्व गरिरहेका छन् । पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्ष हुन् । राखेप उपाध्यक्ष समेत रहेका लामा टेन्डी शेर्पा एनओसी र नेपाल खेलकुद महासंघको पनि महासचिव हुन् । राखेप सदस्य सचिवमा केशबकुमार विष्ट छन् । विष्ट पनि महासंघका उपाध्यक्षका रुपमा क्रियासिल छन् । उनी नेपाल पक्षधरकै नेता मानिन्छन् ।

एमालको पछिल्लो महाधिवेशनमा महासंघले निर्णय गरेरै अध्यक्षको उम्मेदवारमा नेपाललाई सघाउने निर्णय गर्नुले पनि त्यहाँ नेपाल पक्षको पकड रहेको मान्न सकिन्छ । पार्टीमा ओलीको नेतृत्व भएपनि खेलकुदमा भने नेपाल पक्षको नेतृत्व चलिरहेको छ । पश्चिमाञ्चल खेलकुद विकास समितिको अध्यक्षमा खगराज पौडेल रहेका छन् । उनी पनि नेपाल पक्षधर नै मानिन्छन् । तर अब विस्तारै आफ्नै नेृतत्वप्रति एमाले र त्यस भित्रका नेपाल पक्षधर एकअर्कासँग रुष्ट देखिन थालेका छन् ।

राजनीतिक खेलमा एकै ठाँउमा देखिएपनि जिम्मेवारी व्यक्तिले खेलकुदमा एकअर्कालाई सहयोग गरेको देखिन्न । यहाँ सम्मकी राखेप उपाध्यक्ष शेर्पा र सदस्य विष्ट एउटै कार्यक्रममा पनि कमै देखिन्छन् । यी दुईबीच सुरुबाटै तालमेल छैन । अहिले एमाले खेलकुदको सत्ता पक्ष र प्रतिपक्ष दुवै भूमिकामा देखिएको छ । त्यसको उदाहरण शनिबार पोखरामा सृजना आमन्त्रण भलिबल प्रतियोगिताको समापनका दौरान देखिएको थियो ।

समापनमा क्षेत्रिय अध्यक्ष पौडेलले र मुख्य अतिथिका रुपमा राखेप सदस्य सचिव विष्टले मात्र मन्तव्य राखेका थिए । पौडेलले बोल्ने क्रममा राखेप नेतृत्वको आलोचना मात्र गरेनन् पश्चिमाञ्चल विरोधीका रुपमा पनि प्रस्तुत गर्ने प्रयास गरे । उनले सातौं राष्ट्रिय खेलकुदको अव्यवस्थाको प्रसंग पनि उल्लेख गर्दा मञ्चमा राखेप सदस्य सचिव विष्ट ध्यानपूर्वक सुनिरहेका थिए ।

पौडेलले भने,‘हामी त्यस्ता मान्छेलाई विश्वास गर्छौ जो भाषणमा भन्दा काममा बढी विश्वास गरोस् । खेलकुदमा भाषणभन्दा काम बढी हुनुपर्छ ।’ राखेप सदस्य सचिव विष्ट पछिल्लो समय भाषणवाजीमा मात्र बढी रमाउने भन्दै आन्तरिक रुपमै आलोचित हुँदै आएका छन् । राखेपले पोखरामा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण केन्द्र बनाउने वाचा गरेपनि त्यसको काम अघि नबढेकोमा पौडेलले गुनासो पनि गरे ।

पौडेलले पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुदको व्यवस्थापनको खिल्ली उडाउँदै भने,‘त्यहाँको व्यवस्थापन सबैले देखेकै हो । हामीले त्यो भन्दा राम्रो र स्तरीय रुपमा सृजना आमन्त्रण भलिबल आयोजना गरेका छौं । खेलकुदमा कमजोर व्यवस्थापन स्वीकार्न सकिन्न । ’

क्षेत्रिय अध्यक्ष पौडेल त्यतिमा रोकिएनन् । उनले आठौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पश्चिमाञ्चललाई नदिएकोमा पनि चर्को आलोचना गरे । ‘आठौं राष्ट्रिय खेलकुद आयोजनाको पालो हाम्रो थियो । तर हामीले त्यो मौका गुमायौं , त्यसको एकमात्र कारण राखेप हो । यहाँ देखि हामीले सांस्कृति टोली पनि पूर्व लिएर गयौं । हामीलाई जोकर बनाउने काम भयो । त्यहाँ अर्कै निर्णय गरियो ’उनले थपे, ‘आठौं खेलकुद अझै पनि पश्चिमाञ्चलमै आयोजना गर्ने सम्भावना बाँकी छ । मलाई आशा छ सदस्य सचिवले त्यसको पहल लिनुहुनेछ ।’ सातौं खेलकुदको समापनकामा राखेपले मध्यपश्चिमाञ्चललाई आठौं खेलकुद आयोजनाको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

राखेप सदस्य सचिव विष्टले पौडेलका आरोपको खण्डन गर्न चाहेनन् । उनले पोखरालाई खेलकुद शहरका रुपमा विकास गर्दै लाने सोच अनुसार केही योजनाहरु सुरु भइसकेको बताए । राजनीतिक हस्तक्षेपका कारण नेपाली खेलकुद अझ त्यसमा पनि राखेपले साझा चरित्र गुमाउँदै गएको छ । त्यस्तो परिस्थितिमा एकै राजनीतिक दलका भएपनि काम गर्ने तौर तरिका, जिम्मेवारी पुरा नगर्दा, भौतिक पूर्वाधार बन्न नसक्दा र असहयोगी व्यवहार बाट अन्तरविरोध स्वभाविक बन्न थाल्छ । क्षेत्रिय अध्यक्ष पौडेलको आफ्नै नेतृत्वमाथिको आक्रमण सम्भवतः त्यसैको संकेत हुन सक्छ ।

Success

Thank you for your time.