fbpx
default_image

2 hours ago

December 26, 2025

क्रिकेट प्रशिक्षक टमाटासहित ५ जना राखेप सदस्यमा नियुक्त

646 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेट प्रशिक्षक जगत टमटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त भएका छन्।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले टमटासहित शान्तकुमार महता, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङ , राजेश खड्का र प्रयास कार्कीलाई पुस ९ गते राखेप सदस्यमा नियुक्त भएका छन्। राखेपका पूर्व सदस्य सचिव टंकलाल घिसिङसहित ६ सदस्यको गत महिना कार्यालय सकिएपछि ती पद रिक्त थिए।

खेलकुद मन्त्री गुप्ताले ५ जनालाई आज सिंहदरबारस्थित मन्त्रालयमा सपथ गराएका छन्।
राखेपको क्रिकेटका पूर्व मुख्य प्रशिक्षक समेत रहेका टमटा राष्ट्रिय क्रिकेट टोली महिला, पुरुष, युवाको प्रशिक्षक पनि रहिसकेका छन्। सन् २०१८ मा नेपालले ओडिआई मान्यता पाउँदा टमटा नै पुरुष टोलीको मुख्य प्रशिक्षक थिए।

हक्की र क्रिकेट दुबैका उनी पूर्व राष्ट्रिय खेलाडी हुन्। ‘लामो समय खेलकुदमा बिताए । त्यसकै आधारमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सदस्य नियुक्त गर्नु भएको छ, टमटाले भने, ‘उहाँले योगदानको कदर गरेको महसुस गरेको छु। मन्त्री ज्यूलाई विशेष धन्यवाद। भूमिका फरक भएपनि खेलकुदमा योगदान गर्न पाउँदा खुसी छु र आफ्नो ठाउँबाट राम्रो गर्ने कोसिस गर्नेछु।’

गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा टमटाले प्रशिक्षण दिएको सुदूरपश्चिम रोयल्स दोस्रो भएको थियो।

Success

Thank you for your time.