5 hours ago
December 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको महिला टोलीले सहज जितका साथ भलिबल च्याम्पियनसिपको सुरुवात गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५-१०,२५-६,२५-११ ले पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा आर्मीले एभरेष्ट क्लबलाई २५-१६,२५-१४,२५-२३ लाई हराएको छ।
त्यस्तै पुरुषतर्फ दिउँसो समूह ‘बी’ मा पुलिस र ढोरपाटन स्पोर्टस क्लबबीचको खेल जारी छ । दिनको अन्तिम तथा उद्घाटन खेलका रुपमा दिउँसो ३ बजे समूह ‘ए’ को टिप टप हेल्प नेपाल र एपिएफबीच हुनेछ।
महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागितामा च्याम्पियनसिप हुँदैछ। यसको महिलातर्फ शीर्ष ६ र पुरुषतर्फका शीर्ष ८ टोली पिएम कप भलिबल लिगका लागि छनोट हुनेछन्।
घरेलु भलिबलमा लोकप्रिय टोली गण्डकी प्रदेशले भने यसपटक च्याम्पियनसिपमा भाग लिएको छैन।

December 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आज सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो दिन महिला र पुरुषतर्फ समान २ गरि ४ खेल हुने एनभिएले जनाएको छ। दिनको पहिलो खेल बिहान ९ बजे महिलातर्फ समूह ‘बी’ मा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच र ११ […]
December 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा न्यु डायमण्ड स्पोर्टस क्लबकी स्पाकर प्रतिभा माली झन्डै १५ महिनापछि स्वदेश फर्कदै छिन् । गत वर्ष असोजमा उनी अस्ट्रेलिया गएकी थिइन् । अस्ट्रेलियाबाट भलिबल खेल्न हङकङ पुगेकी प्रतिभाले शनिवार स्वदेश आइपुग्ने जानकारी दिएकी छिन्।नेपाल आएपछि उनले न्यु डायमण्डबाट कम्तिमा ३ वटा प्रतियोगिता खेल्नेछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद […]
December 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै महिना हुनेछ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पुस २३ देखि २६ गतेसम्म हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब […]