default_image

9 years ago

August 17, 2015

युवा तथा खेलकुद मन्त्रालयको समिक्षा बैठक

युवा तथा खेलकुद मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गरि आफ्नो मातहत रहेको संस्थाहरुको आव २०७०/७१ को कार्यक्रम तर्जूमा सम्वन्धी बार्षिक प्रगती समिक्षा गर्‍यो । उक्त समिक्षा बैठकमा युवा, कार्य प्रगतीको विवरण प्रस्तुत गर्ने क्रममा आआफ्नो संस्थाको कार्य सम्पादन गर्ने क्रममा आएका कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्दै कार्य सम्पादनलाई पूर्ण गर्ने तर्फ अग्रसर हुनु पर्नेमा […]

52 views

0 Bookmark

युवा तथा खेलकुद मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गरि आफ्नो मातहत रहेको संस्थाहरुको आव २०७०/७१ को कार्यक्रम तर्जूमा सम्वन्धी बार्षिक प्रगती समिक्षा गर्‍यो ।

युवा तथा खेलकुद मन्त्रालयको समिक्षा बैठक

युवा तथा खेलकुद मन्त्रालयको समिक्षा बैठक

उक्त समिक्षा बैठकमा युवा, कार्य प्रगतीको विवरण प्रस्तुत गर्ने क्रममा आआफ्नो संस्थाको कार्य सम्पादन गर्ने क्रममा आएका कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्दै कार्य सम्पादनलाई पूर्ण गर्ने तर्फ अग्रसर हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी अधिकांशले प्रगती विवरण पारदर्शी नभएको, दिईएको बजेट फ्रिज भई अर्थ मन्त्रालय फर्काउनुले अदूरदर्शिता देखिएकोमा जोड दिए ।
मन्त्रालय तर्फको बार्षिक कार्यक्रम तर्जूमा सम्वन्धी समिक्षाको बारेमा बोल्दै मन्त्रालयका उपसचिव महेश्वर शर्माले आव २०७०/७१ मा भएको कार्य प्रगती कतिपय कुरामा पूर्णता नभएता पनि समष्टिगत रुपमा सन्तोषजनक रहेको भन्दै भौतिक प्रगती ९३.५० प्रतिशत र बित्तिय प्रगती ९३.६० प्रतिशत रहेको समिक्षा बैठकमा जानकारी गराए ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषदका आर्थिक प्रशासन प्रमुख बासुदेव आचार्यले राखेपको प्रगती विवरण पेश गर्दै कतिपय शिर्षकमा काम हुन नसकेका कारण रकमान्तर पश्चात रकम नपुग भएका अन्य क्षेत्रमा काम गर्न सहज भएको बताए । उनले राष्ट्रिय खेलकुद परिषदलाई प्राप्त बजेटमा वित्तिय भन्दा भौतिक प्रगती बढी भएकोमा भुक्तानी समस्याका कारण त्यस्तो भएको बताए ।
नेपाल स्काउटका तर्फबाट निर्देशक गौतम अधिकारीले आफ्नो प्रगती विवरण प्रस्तुत गर्ने क्रममा सरकारबाट प्राप्त रकमबाट सकारात्मक नतिजा प्राप्त भएता पनि स्काउट स्वयंसेवी संस्था भएकोले यसलाई अझ प्रभावकारी ढंगले अगाडी बढाउन बजेट पर्याप्त नभएको भन्दै पर्याप्त बजेटको अपेक्षा गरे ।
प्रस्तुत प्रगती विवरणको बारेमा छलफल गर्ने क्रममा राष्ट्रिय खेलकुद परिषद नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. प्रकाश प्रधानले बिशेष विलक्षण प्रतिभा भउका युवाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई बजेटमा समेट्नु पर्नेमा जोड दिए ।
तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक महेन्द्र कुमार राईले राखेपमा केहि बर्षमा एनआईएस कोर्ष गरि ज्ञान सिप हासिल गरेका प्रशिक्षकहरुको अभाव हुने भएकोले प्रशिक्षकहरुलाई बैदेशिक प्रशिक्षणको लागि बजेट थप्नु पर्ने, राष्ट्रिय टिममा रहेको प्रशिक्षक तथा खेलाडीहरुको लगि भत्ता अपुग भएकोले भत्ता बढाउनका लागि सुझाव दिए ।
राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक राम प्रसाद आचार्यले ९० प्रतिशत भन्दा बढि कार्य सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा बधाई दिंदै नतिजामुखी र पारदर्शीताको आधारमा प्रस्तुत गरिनु पर्नेमा परम्पराबादी प्रस्तुती भएकोमा असन्तुष्टी ब्यक्त गरे । उनले खर्चलाई नतिजामुखी रुपमा अगाडी बढाउनु पर्ने, बजेट खर्च हुन नसक्नुका बारेमा मन्त्रालयको अनुगमनमा समस्या देखिएको र विवरण प्रष्ट नभएको र भौतिक प्रगतीका कामको पारदर्शिता नभएको तर्फ ईंगित गरे ।
अर्थ मन्त्रालयका प्रतिनिधी भुमीराज शर्माले राष्ट्रिय खेलकुद परिषदको रकमान्तरलाई ईंगित गर्दै विचमा कार्यक्रमलाई संसोधन गर्दा आफुमा कमि कमजोरी देखिन्छ तसर्थ कमि कमजोरीलाई हटाई अगाडी बढेमा कार्यक्रमको कार्यान्वयन हुन सहज हुने बताए । उनले लक्षमा आधारीत कार्यक्रम भएमा उपलब्धिलाई मापन गर्न सकिने जनाए । हालको बजेट खेलकुदमुखी भएको भन्दै आगामी बर्षमा युवा कार्यक्रमलाई पनि साथ साथै लानु पर्नेमा जोड दिए ।
स्काउटका आयुक्त रविन दाहालले परिणामलाई केन्द्रित गर्ने कार्यक्रम हुनु पर्ने र स्काउटलाई पर्याप्त बजेट उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
समिक्षा बैठकमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले कार्यक्रम तथा पूर्वाधारमा देखाईएको प्रगती विवरणमा आफु सन्तुष्ट रहेता पनि यसमा निकै सुधार गर्नु पर्ने बताए । उनले बजेट फ्रिज हुने प्रकृयालाई रोक्नु पर्ने बताए । एका तिर थोरै रकममा कार्यक्रम आयोजना गर्न अभाव हुने कतै कामै नभई बजेट फ्रिज हुनुले कार्यगत क्षमतामा कमी आएको महशुस भएको बताए । खेलकुदको तालिम परम्परागत भएकोले खेलको विकास नहुने भन्दै नतिजा खस्कनमा पर्याप्त रुपमा आवश्यक ठाउमा बजेट विनियोजन गर्न नसक्नुको कारण रहेको बताए ।
युवा तथा खेलकुद सचिव दिपेन्द्र नाथ शर्माले प्राप्त विवरण अनुसार आफु सन्तुष्ट रहेको भन्दै राष्ट्रिय खेलकुद परिषदमा रहेका न्युन प्राविधिकहरुबाट यो किसिमको परिणाम प्राप्त गर्नुमा सन्तुष्ट हुनु पर्ने बताए । उनले कार्यक्रमहरु परिणाममुखी नभएका कारण विश्वसनियततामा कमी आएको, गरेका कामको पनि प्रचार प्रसार गर्न नजान्दा त्यसको फाइदा लिन नसकेको, पूर्वाधार निर्माण मल्टीएयरको आधारमा बनाउनु पर्ने, यो बर्षलाई प्रोजेक्ट बैंक बर्षको रुपमा मनाउनु पर्ने र परिणाम प्राप्त गर्न प्रशिक्षणमा केन्द्रित हुनु पर्नेमा जोड दिए ।
कार्यक्रमका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले मन्त्रालय, अर्थ मन्त्रालय र योजना आयोगको विचमा सामन्जस्यता नभएका कारण कार्यक्रम चयनमा कठिनाई भएको भन्दै आफुलाई आवश्यक लागेको कार्यक्रम अर्थ र योजना आयोगलाई महत्वपूर्ण नलाग्ने र उनीहरुलाई महत्वपूर्ण लागेको कार्यक्रम आफुलाई आवश्यक नलाग्ने भएको बताए । उनले यहि कारण कार्यक्रमका आधारमा बजेट निमार्ण गरेता पनि बजेटमा तलमाथी भएको जनाए । उनले कार्यक्रमलाई निरन्तरता प्रदान गर्नका लागि प्रोजेक्ट बैंकको आवश्यकता रहेकोमा जोड दिए ।

Success

Thank you for your time.