16 hours ago
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ।
टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो।
विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान पाए। कुशल मल्लले क्याच ड्रप गरे।
यी दुईले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गरे। विनोद १७ बलमा २१ रन जोडेर रन्जित कुमारको बलमा आउट भए। पहिलो पावर प्लेमा सुदूरपश्चिमले ४६ रन बनायो।
यसपछि दोस्रो विकेटको रुपमा इशान पाण्डे मात्र १ रन जोडेर सेफ जेबको बलमा डविट मलानद्वारा क्याच आउट भए। त्यसपछि क्रिस र पुनितले तेस्रो विकेटको लागि ३८ रनको साझेदारी गरे। पुनित १३ रनमा सेफ कै बलमा आउट भए। तेस्रो विकेट गुमाउँदा सुदूरपश्चिमले ८७ रन बनाएको थियो।
२ रन जोड्दा जीवनदान पाएका लिनले ४२ बल खेल्दै ३ चौका र २ छक्का सहित अर्धशतक बनाए। १० ओभरको समाप्तिमा सुदरले ७१ रन जोडेको थियो।
चौथो विकेटको रूपमा हर्मित सिंह जर्ज स्क्रिमसअको बलमा आउट भए। उनी मात्र १ रनमा आउट भए। सुदूरपश्चिमले १५ ओभर सकिंदा ४ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो।
क्रिजमा जमेका क्रिस १७ औं ओभर सकिए लगत्तै ७५ रन बनाएर रिटायर्ड हर्ट भए। उनले ५६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे। उनी नै सुदूरपश्चिमका लागि सर्वाधिक रन जोड्ने खेलाडी बने।
बलिङमा सेफ जेबले ४ ओभरमा ३५ रन दिएर २ विकेट लिए। रन्जित र जर्जले १/१ विकेट लिए।
त्यसअघि साहब आलमको ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमाडौं गोर्खाज पाँचौं जितका साथ प्ले अफमा प्रवेश गर्यो । पोखरा एभेन्जर्सलाई लाई १३ रनले हराउँदै काठमाडौं प्ले अफमा पुग्ने दोस्रो टिम बनेको हो।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुगिसकेको सुदुरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्घ पहिला ब्याटिङ गर्ने भएको छ। चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्न लागेको हो । आजको खेल जितेमा सुदूरपश्चिम पहिलो क्वालिफायरमा पुग्नेछ। चितवनले जितेमा प्ले अफको सम्भावना जीवित राख्नेछ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अपराजित […]