default_image

8 years ago

February 28, 2016

प्रशिक्षणका लागि बक्सिङ प्रशिक्षक काजकिस्तान जाने

काठमाडौं, फागनु १६ नेपाल बक्सिङ संघको पहलमा दुई नेपाली प्रशिक्षक आइबा २ स्टार कोचेज प्रशिक्षण कोर्श गर्नका लागि काजकिस्तानको अल्माटी जाने भएका छन् । कोर्श गर्न जाने प्रशिक्षकहरुमा दिलिप ठकुरी र लालबहादुर पौडेल रहेका छन् । दुवै प्रशिक्षकलाई एक कार्यक्रमबिच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुभकामना सहित विदाई गरे । कार्यक्रममा नेपाल बक्सिङ संघका […]

44 views

0 Bookmark

काठमाडौं, फागनु १६

नेपाल बक्सिङ संघको पहलमा दुई नेपाली प्रशिक्षक आइबा २ स्टार कोचेज प्रशिक्षण कोर्श गर्नका लागि काजकिस्तानको अल्माटी जाने भएका छन् । कोर्श गर्न जाने प्रशिक्षकहरुमा दिलिप ठकुरी र लालबहादुर पौडेल रहेका छन् ।

boxing

दुवै प्रशिक्षकलाई एक कार्यक्रमबिच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुभकामना सहित विदाई गरे । कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठ, बक्सिङका प्रमुख प्रशिक्षक प्रचन्ड शर्माको उपस्थिति थियो ।

नेपाल बक्सिङ संघले नियमित रुपमा प्रशिक्षकको स्तरबृद्धि गराउने उद्धेश्यले प्रशिक्षकहरुलाई प्रशिक्षण कोर्शमा सहभागिता गराउंदै आईरहेको छ ।

Success

Thank you for your time.