default_image

8 years ago

February 28, 2016

रेगन र प्रविन प्रि–क्वाटरमा

काठमाडौं, फागनु १६ रेगन श्रेष्ठ र प्रविन शाक्य अखिल नेपाल खुला स्नुकर प्रतियोगिताको प्रिक्वाटरमा प्रवेश गर्न सफल भएका छन् । आइतबार सम्पन्न खेलमा रेगनले फुरी शेर्पालाई ३–० फ्रेमले पराजित गरे । यस्तै प्रविनले सुजनलाई ३–० ले नै पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए । पिपुल्स प्लाजामा भएको प्रतियोगितामा सोम लामाले सचिनलाई ३–१ फ्रेमले पाखा लगाए । […]

41 views

0 Bookmark

काठमाडौं, फागनु १६

रेगन श्रेष्ठ र प्रविन शाक्य अखिल नेपाल खुला स्नुकर प्रतियोगिताको प्रिक्वाटरमा प्रवेश गर्न सफल भएका छन् ।
आइतबार सम्पन्न खेलमा रेगनले फुरी शेर्पालाई ३–० फ्रेमले पराजित गरे । यस्तै प्रविनले सुजनलाई ३–० ले नै पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए ।

snuker
पिपुल्स प्लाजामा भएको प्रतियोगितामा सोम लामाले सचिनलाई ३–१ फ्रेमले पाखा लगाए । अकों खेलमा छोपेल शेर्पाले सुरेश डंगोललाई ३–१ ले पाखा लगाउंदै प्रिक्वाटर पुगे ।
न्यू दरवार स्क्वायर स्नुकर क्लबको आयोजनामा भएको प्रतियोगितामा अन्य प्रिक्वाटर फाइनल पुग्ने खेलाडीहरुमा विजय, राम कुवर, सफिर, विरेन शाक्य, तथा सुमित मोक्तान रहेका छन् । विजयले निरज थापालाई३–१, रामले, रविन्द्रलाई ३–०, सफिरले हसनलाई ३–०ले, विरेनले नविनलाई ३–०ले र सुमितले दिपेशलाई ३–१ले पराजित गरे ।
अन्य खेलमा आलोकले सुमित शाहीलाई ३–१, सक्षमले जय महर्जनलाई ३–०, दिपज्वलले राजन गुरुङलाई ३–२, विकासले विनेशलाई ३–१ले र विकास गुरुङले श्यामलाई ३–१ फ्रेमले पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गरेको संयोजक दीपु शाक्यले जानकारी गराए ।

Success

Thank you for your time.