default_image

8 years ago

March 4, 2016

दीपक च्याम्पियन

काठमाडौ, फागुन २१ दीपक मगर अखिल नेपाल खुल्ला स्नुकर प्रतियोगिता २०७२ को च्याम्पियन बनेका छन् । न्यू दरवार स्क्वायर स्नुकर क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा दीपकले विकाश श्रेष्ठलाई वेष्ट अफ ११ को खेलमा ६–३ फ्रेमले पराजित गर्दै उपाधिको हकदार बने । उनले पहिलो फ्रेममा ९४–१० अंकले पछि पारेका थिए । तर दोश्रो फ्रेममा उनी विकाससँग […]

35 views

0 Bookmark

काठमाडौ, फागुन २१ दीपक मगर अखिल नेपाल खुल्ला स्नुकर प्रतियोगिता २०७२ को च्याम्पियन बनेका छन् ।
न्यू दरवार स्क्वायर स्नुकर क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा दीपकले विकाश श्रेष्ठलाई वेष्ट अफ ११ को खेलमा ६–३ फ्रेमले पराजित गर्दै उपाधिको हकदार बने ।

snuker champion
उनले पहिलो फ्रेममा ९४–१० अंकले पछि पारेका थिए । तर दोश्रो फ्रेममा उनी विकाससँग ३२–६८ अंकमा रोकिन पुगे । तेश्रो फ्रेमलाई ६२–५४ अंकले आफ्नो पक्षमा पारेता पनि चौथो फ्रेममा उनी पुनः ३२–८५ अंकले पछि परे । दीपकले पाँचौं र छैटौं फ्रेम ८५–३५ र ९७–७० ले जित्दै खेललाई ४–२ को स्थितिमा पु¥याए । सातौ फ्रेममा उनी ५६–८४ले पछि परेतापनि उनले आफुलाई पूर्ण रुपमा सम्हाल्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भए । उनले आठौं र नवौं फ्रेममा ८३–४५, १०७–२५ अंकको जित निकाल्दै उपाधि कब्जा गरे ।
जितसँगै उनले नगद ५० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । त्यस्तै दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भएका विकास श्रेष्ठले नगद २५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिता भर सर्वाधिक अंकले ब्रेक गर्न सफल भएका सराङ्ग रानाले नगद ८ हजारका साथै ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुरस्कार वितरण गरेका थिए ।
दश दिन सम्म चलेको प्रतियोगितामा नेपालका विभिन्न भागबाट राष्ट्रिय च्याम्पियन सहित १२४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

Success

Thank you for your time.