default_image

8 years ago

September 8, 2016

राखेपका सदस्य सचिव विष्टले कमजोरी स्वीकारे

काठमाडौं (हाम्रो खेलकुद)– चार बर्षे कार्यकाललाई स्वर्णकाल बनाउने घोषणा गरेका राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले आफ्नो एक बर्षे कार्यकालको समिक्षामा अपेक्षा अनुसारको परिणाम दिन नसकेको स्वीकार गरेका छन् । उनी गत बर्ष असारको १० गते राखेपको सदस्य सचिव नियुक्त भएका थिए । पहिलो बैठकबाटै सातौं राष्ट्रिय खेलकुदको मिति तोकेरअघि बढेको स्मरण […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चार बर्षे कार्यकाललाई स्वर्णकाल बनाउने घोषणा गरेका राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले आफ्नो एक बर्षे कार्यकालको समिक्षामा अपेक्षा अनुसारको परिणाम दिन नसकेको स्वीकार गरेका छन् ।
उनी गत बर्ष असारको १० गते राखेपको सदस्य सचिव नियुक्त भएका थिए । पहिलो बैठकबाटै सातौं राष्ट्रिय खेलकुदको मिति तोकेरअघि बढेको स्मरण गर्दै बुधबार आयोजित समिक्षात्मक कार्यक्रममा विष्टले भने ‘ तर कहिले मधेस आन्दोलन, कहिले बजेट अभावका कारण दुई पटक सार्नुपर्यो । फेरी बीचमा साग परेका कारण पनि हामीले सातौं सार्नु पर्यो । ’
पछिल्लो पटक मंसिर ८ देखि सुरु हुने भनेको सातौं राष्ट्रिय खेलकुद समयमै भएर छाड्ने दाबी गर्दै भने, ‘ यो पटक पनि हुन सकेन भने अब पूर्वाञ्चलमा हुँदैन । किनकी देश संघियतामा गैसकेकोले पूर्वाञ्चल नाम नहुन पनि सक्छ । हामी जसरी पनि गराएर छाड्छौं अब रोकिनु पर्ने कारण छैन ।’

a3
पूर्वाञ्चलमा हुने विषयमा खेलकुदमा खासै विवाद नभएपनि सदस्य सचिव विष्ट आफै त्यस चर्को रुपमा उठाउने प्रयासमा भने देखिन्थे । उनले भने, ‘कसैलाई लागेको होला पूर्वाञ्चलमा हुँदैन भन्ने । तर कोही भ्रममा नपरे हुन्छ । तोकेकै समयमा हुन्छ । कतिलाई लागेको होला राजधानीमै होस् भन्ने त्यस्तो हुँदैछ । ’
आफ्नो स्वर्णकाल बनाउने उद्घोषले खेलकुदमा तरंग पैदा गरेको दाबी गर्दै भने, ‘हाम्रो काम त्यतैतिर उन्मुख छ ।’ तर उनले कर्मचारी व्यवस्थापनमा भने सोचे अनुरुप काम गर्न नसकेको बताए । ‘हामी आउँदा ७५ मध्ये ३३ जिल्लामा प्रशिक्षक थिएनन् । अहिले ३ जिल्लामा मात्र प्रशिक्षक छैनन्’ उनले स्पष्टिकरण दिदै भने, ‘तर पनि हामीले सोचे अनुरुप गर्न सकिरहेका छैनौं । त्यो कमजोरी भएकै छ । प्रशिक्षकलाई हामीले काम दिन नसकेकै हो । सन्तुलित विभाजन गर्न सकिएको छैन ।’
राखेपको कर्मचारीतन्त्र एकदम जब्बर खालको रहेको अनुभव सुनाउँदै भने, ‘ यहाँ काम गर्न सहज छैन । मलाई ज्यान मार्ने सम्मको धम्कि आयो । तर म त्यस्ता धम्किबाट विचलिन हुन्न । म सहिद हुन तयार छु । तर कसैसँग विना कारण झुक्दिन । धाकधम्की दिनेलाई चुनौति दिएर बढीगार्ड र सुरक्षाकर्मी विना हिडिरहेको छु । एउटा कर्मचारीको सरुवा गर्न खोज्दा त्यो रोक्न शक्तिकेन्द्र धाउने चलन यहाँ छ । तर म त्यसबाट विचलित हुन्न ।’
आफुमाथि लागेको कि विदेश की मधेश भन्ने आरोपको खण्डन गर्दै उनले अगाडी थपे, ‘म अहिले सम्म जति पनि विदेश गए ती मध्ये बैंकक एक ठाँउ नगएको भएपनि हुन्थ्यो । बाँकी सबै ठाँउ म नै नगइ नहुने ठाँउमा गएको छु । हङकङ, जापानसँग सम्झौत गर्न गए, काही देशको तर्फबाट अवार्ड लिन गए । रियो ओलम्पिक र १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सेभ द मिसन भएर म नै जानै पर्ने थियो ।’ उनले बैंकक जानुमा तत्कालिन समयको एकखालको विदेश मोह थियो भन्ने पनि स्वीकार गरे । उनको स्वीकारोक्ति थियो, ‘सुरु सुरुमा अहिले विदेश मोह पनि भयो होला ।’
पछिल्लो एक बर्षमा तीनजना युवा तथा खेलकुद मन्त्रीसँग काम गरेको र सबैसँग राम्रै सम्बन्ध रहेको बताए । अहिलेका मन्त्री दलजित श्रीपालीसँगको सम्बन्धका बारेमा उनले भने,‘अहिले सम्म हाम्रो सबन्ध राम्रो छ । अखिर हाम्रो स्कुल र विचार पनि मिल्छ । ’ श्रीपाली माओवादी केन्द्रको सिफारिसमा मन्त्री बनेका हुन् भने नेकपा एमालेका विष्टको नियुक्ती कोइराला सरकारको पालामा भएको हो ।
राजनीतिक समिकरण परिवर्तनसँगै खेलकुदमा त्यसको असर परिहाल्ने अनुभव पनि उनले सुनाए । उनले सुनाए ‘नयाँ मन्त्री आउने वित्तिकै अब यो सदस्य सचिव गइहाल्छ किन टेर्ने भन्ने प्रबृति खेलकुदमा हावी छ ।’

उनले पछिल्लो ९ महिनामा नेपालले सबैभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको, अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गरेको दाबी गरेका छन् । तपाईहरु अध्ययन गर्नुस्,‘पछिल्लो आठ नौं महिनामा धेरै सहभागी र आयोजना भएका छन् ।’
कुल रुपमा आफ्नो एक बर्षे कार्यकाल सन्तोषजनक लागेको अनुभव सुनाउँदै उनले यो आर्थिक बर्षमा मात्र ३७ वटा नयाँ योजना सुरु हुने बताएका छन् । कीर्तिपुरको बहुउद्देश्यीय हल, हिटिङ सिस्टम पौडी पोखरी, हाइ अल्टिच्युट तालिम केन्द्र स्थापना यहि बर्ष सुरु हुने र अहिले डिपिआर भइरहेको उनले जानकारी दिए । ती योजनालाई उनले राष्ट्रिय गौरवका योजनाका रुपमा रहेको बताए । उनले राखेपका नयाँ योजनाका रुपमा विद्यालयदेखि राष्ट्रिय खेलाडीसम्म र राष्ट्रिय खेलाडी देखि अन्तर्राष्ट्रिय स्तरको खेलाडी बनाउने सम्मको लक्ष्य सहित दुईवटा कार्यक्रम सञ्चालन हुने बताए ।

पछिल्लो एक बर्ष खेलकुद विवादमुक्त, पारदर्शी र अनियमिता रहित रहेको दाबी गरेपनि संघहरुका विवादमा केही कमजोरी भएको विष्टले मानेका छन् । उनले भने, ‘ क्रिकेटको विवाद हामी आउनु अघिदेखि नै थियो । दुर्भाग्य भन्नु पर्छ निलम्बन हाम्रो पालामा भएको हो । त्यसलाई बाध्यात्मक गल्तिका रुपमा महसुस गरेका छौं । तर अब त्यसको दीर्घकालिन समाधान पनि हाम्रै पालामा हुन्छ । बक्सिङ, कबड्डी, टेबल टेनिस संघमा देखिएको विवाद पनि चाँडै हल हुन्छ । व्यक्तिगत र पार्टीगत आग्रह भन्दा माथि उठ्दा विवाद समाधान हुन्छ । ’

Success

Thank you for your time.