default_image

3 years ago

July 27, 2021

ओलम्पिकमा एथलेटिक्स टोली अन्ततः व्यवस्थापक विहिन

प्रकाश तिमल्सिना, काठमाडौं टोकियो ओलम्पिकको सहभागितामा यसपटक सबैभन्दा बढी विवाद र चर्चामा एथलेटिक्स खेल रह्यो । सुरुमा खेलाडी र पछि प्रशिक्षकको सहभागिताका कारण चर्चामा रह्यो । एक समय दुई व्यवस्थापक पाएको एथलेटिक्स टोली अन्ततः टोकियो ओलम्पिकमा व्यवस्थापक विहिन बनेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्नै सह महासचिव पिताम्बर तिम्सिना र राष्ट्रिय खेलकुद परिषद् […]

109 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

टोकियो ओलम्पिकको सहभागितामा यसपटक सबैभन्दा बढी विवाद र चर्चामा एथलेटिक्स खेल रह्यो । सुरुमा खेलाडी र पछि प्रशिक्षकको सहभागिताका कारण चर्चामा रह्यो । एक समय दुई व्यवस्थापक पाएको एथलेटिक्स टोली अन्ततः टोकियो ओलम्पिकमा व्यवस्थापक विहिन बनेको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्नै सह महासचिव पिताम्बर तिम्सिना र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला दुई जनालाई एथलेटिक्सको व्यवस्थापकको जिम्मेवारी तोकेको थियो । तिम्सिनाले पनि व्यक्तिगत कारण देखाउँदै टोकियो ओलम्पिक नजाने बताएपछि एथलेटिक्स टोली व्यवस्थापक विहिन बनेको हो ।

राखेप उपाध्यक्ष कोइरालाले यसअघि प्रेस विज्ञप्ती जारी गरेर व्यक्तिगत कारण देखाउँदै टोकियो ओलम्पिक नजाने बताएका थिए । पछिल्लो ६ महिनादेखि अमेरिकामा रहँदै आएका राखेपका पूर्व उपाध्यक्ष तिम्सिनाले मंगलबार सामाजिक सञ्जालमार्फत लेखेका छन्,’विविध कारणले टोकियो ओलम्पिकमा सहभागी हुन नसकेको जानकारी गराउन चाहन्छु ।’

एउटा खेलको पदाधिकारी फरक खेलको व्यवस्थापक बनेर ओलम्पिकमा सहभागी भएका कारण यसै पनि आलोचना भइरहेको छ । ओलोचनको डरले नजानु भएको हो भन्ने हाम्रो खेलकुदको प्रश्नमा तिम्सिनाले भने, ‘मुख्यतः व्यक्तिगत कारणले नै जान मिलेन । त्यसमा नैतिक दबाब पनि केहि हदसम्म परेको पक्कै हो ।’

तिम्सिना नेपाल एथलेटिक्स संघको प्रतिनिधित्व गर्दै एनओसीको सह महासचिवमा निर्वाचित भएका थिए । अहिले उनले पनि नजाने निर्णय गरे । राखेप उपाध्यक्ष र तपाई पनि नजाने भएपछि ओलम्पिकमा एथलेटिक्स टोली व्यवस्थापक विहिन भयो नी भन्ने प्रश्नमा तिम्सिनाले ठट्टा गर्दै भने भने, ‘अँ हल मिलेजस्तो भयो । अरु साथीहरु त्यहाँ हुनुहुन्छ । कोहि न कोहिले त्यो जिम्मेवारी लिनुहोला । अर्कोलाई जिम्मेवारी दिन सकिन्छ नि ।’

टोकियो ओलम्पिकमा एनओसीको सचिव समेत रहेकी कबड्डी संघकी अध्यक्ष एवंम् संघिय सांसद तुलसा थापा र एनओसी सदस्य रहेको तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा जुडोको, एनओसी उपाध्यक्ष रहेको फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ सुटिङको व्यवस्थापकका रुपमा सहभागी भएर स्वदेश फर्कने क्रममा छन् । एनओसीका अर्का सदस्य बक्सिङ संघका अध्यक्ष राम अवाले पौडीको व्यवस्थापकको जिम्मेवारी निर्वाह गर्न टोकियो पुगिसकेका छन् ।

व्यवस्थापकका रुपमा एनओसीेले ओलम्पिकमा सहभागी हुने अवसर दिएकोमा धन्यवाद दिएका तिम्सिनाले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई आफू व्यक्तिगत कारणले सहभागी हुन नसक्ने जानकारी गरेको बताए । ‘अमेरिकाबाटै जापान जाने गरि तयारी भएको थियो । टिकट पनि आइसकेको थियो’, उनले भने, ‘तर जान मिलेन ।’

उनले नेपालगन्ज म्याराथनबाट ओलम्पिकका लागि छनोट भएका गोपीचन्द्र पार्कीले भाग लिन नपाउने घटनाले भने सबैलाई जस्तै आफूलाई पनि दुःखी बनाएको बताए । उनले भने, ‘त्यसले हामीमा रहेको अपरिपक्वतालाई झल्काएको छ । एउटा खेलाडी बन्न बर्षौ लाग्छ । त्यो प्रतिभामाथि ठूलो अन्याय भएको छ ।’

तिम्सिनाले टोकियो ओलम्पिकको समीक्षा हुने पनि बताए । ‘सबै जना फर्केपछि टोकियो ओलम्पिकको अवश्य समीक्षा हुनेछ, हुनुपर्दछ’, तिम्सिनाले भने । उनले आफू केहि समयपछि स्वदेश फर्कने पनि जानकारी दिए ।

सरस्वती चौधरी र प्रशिक्षक सन्तोष श्रेष्ठ

एनओसी उपाध्यक्ष एवंम् कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले अब व्यवस्थापकको नाम बदल्न नमिल्ने भएकाले सबै काम प्रशिक्षक श्रेष्ठलाई नै हेर्न भनिएको जानकारी दिए । ‘पिताम्बर जीले हातको समस्याको कारण आउन नसक्ने जानकारी दिनुभयो । अब अन्तिममा व्यवस्थापकको फेर्न मिल्दैन,’ उनले भने ।

ओलम्पिकमा नेपालको तर्फबाट कोभिड लाइसेन्स अफिसर समेत रहेका वैद्यका अनुसार अब प्रशिक्षक सन्तोष श्रेष्ठले नै सबै व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन् । ‘प्रशिक्षक श्रेष्ठलाई नै सबै प्रक्रिया पूरा गर्न भनेका छौं । उहाँले त्यहि अनुसार गर्नुभएको छ । म उहाँसँग नियमित सम्पर्कमा छु,’ वैद्यले भने । उनलाई र सेफ द मिसनका रमेश सिलवाललाई भने सबै भेन्यूमा जाने अनुमति रहेको राजवैद्यले जानकारी दिए ।

गत वर्ष नेपालगन्ज म्याराथन विजेताले टोकियो ओलम्पिकमा भाग लिन पाउने घोषणा एनओसी, राखेप र एथलेटिक्स संघले गरेका थिए । तर गत महिना म्याराथनमा कोटा भन्दा बढी खेलाडीको सहभागिता हुने भएपछि अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघको प्राविधिक समितिले गोपीलाई सहभागिता गराउन नसक्ने पत्र पठाएको भन्दै एनओसी अध्यक्ष श्रेष्ठ, राखेप सदस्य सचिव सिलवाल र एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले संयुक्त विज्ञप्ती जारी गरेका थिए । जबकी महासंघले दिएको समय भित्र गोपीको नाम दर्ता नभएको पछि खुलेको थियो ।

गोपीको नाम नै दर्ता नभएको र पछि प्रयास गर्दा सम्भव नभएपछि एक सय मिटर दौडमा सरस्वती चौधरीको सिफारिस गरिएको थियो । एनओसीले लङलिष्टमा गोपीको प्रशिक्षकका रुपमा एपिएफका सन्तोष श्रेष्ठको नाम सिफारिस गरेको थियो । गोपीको सहभागिता नहुने भएपछि श्रेष्ठको नाम पनि टोकियो ओलम्पिकबाट स्वत: हट्यो । तर, एथलेटिक्सको घटनाक्रम त्यतिमा टुंगिएन ।

सरस्वतीको प्रशिक्षकका रुपमा संघको सिफारिसमा पोखराबाट इन्द्राकुमारी मल्ललाई काठमाडौं बोलाइयो । मल्लले केहि दिन सरस्वतीलाई प्रशिक्षण दिइन् । राखेपले व्यवस्था गरेको होटलमा बसिन्, राष्ट्रपति विद्यादेवी भण्डारीबाट टोलीसँगै विदाई भइन् । तर, तोकेअनुसार जापान जानु ७ दिन अघिबाट कोभिड १९ को परिक्षण गर्दा मल्लको पहिलो परिक्षण रिर्पोट नै पोजेटिभ आएको एनओसीले जानकारी दियो ।

एनओसीले विज्ञप्ती जारी गर्दै कोरोना पोजेटिभ देखिएकोले मल्लको ठाँउमा लङलिष्टमा रहेको श्रेष्ठलाई पठाउने निर्णय भएको बतायो । मल्लले भने एनओसीले भनेको दिनको भोली पल्ट देखिका आफ्ना सबै कोरोना परिक्षणको रिर्पोट नेभेटिभ आएकोले शंका गर्ने ठाँउ रहेको र आफूमाथि अन्याय भएको गुनासो गरेकी थिइन् । एनओसीले भने ओलम्पिकका लागि बनाइएको मापदण्ड अनुसार लगातार ७ दिनको परिक्षणमा एकदिन मात्र पनि पोजेटिभ आएकोलाई सहभागी गराउन नमिल्लने प्रष्ट उल्लेख भएको जानकारी गराएको थियो । त्यसका वावजुद मल्ल सरस्वती र श्रेष्ठ टोकियो ओलम्पिकका लागि सहभागी हुने जाने क्रममा विदाईका लागि त्रिभुवन विमानस्थल पुगेकी थिइन् ।

यो पनि : नेपालको ओलम्पिक यात्रामा पदाधिकारीको जात्रा

Success

Thank you for your time.