default_image

3 years ago

March 28, 2022

पपुवा न्युगिनीविरुद्ध यस्तो छ नेपालको प्लेइङ-११

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले टि२० आई त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पिएनजी) सँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु मैदानमा पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा तीव्र गतिका बलर कमलसिंह ऐरी, स्पिर सागर ढकाल, विकेटकिपर दीलिप नाथ र अलराउन्डडर विवेक यादवलाई बेन्चमा राखेको छ । युवा अलराउन्डर आदिल अन्सारी भने नेपालको अन्तिम १५ को लिष्टमै छैनन् ।

नेपालले आज तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र अभिनाश बोहरालाई खेलाएको छ । नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । त्यसपछि रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र लोकेश बम मध्यक्रममा खेल्नेछन् ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), करण केसी, अभिनाश बोहरा, लोकेश बम, कुशल मल्ल र रोहित कुमार पौडेल ।

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, क्वालिफायर खेल्ने सम्भावना बलियो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]

December 15, 2024

पोखरालाई सुदूरपश्चिमले दियो मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]

Success

Thank you for your time.