3 years ago
April 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा ब्याटर रोहित पौडेलले त्रिकोणात्मक टि२० आई सिरिजमा लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध आफ्नो करिअरको पहिलो अर्धशतक पूरा गरेका छन् । रोहितले ३२ बलमा टि२० आई करिअरको पहिलो अर्धशतक बनाएका हुन् ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १३ ओभरमा २ विकेट गुमाउँदै १ सय २९ रन बनाएको छ । रोहित ३२ बलमा ५ चौकासहित ५० रनमा अविजित छन् । दीपेन्द्रसिंह ऐरी २९ बलमा ५ चौकासहित ३९ रनमा अविजित छन् । तेस्रो विकेटका लागि रोहित र दीपेन्द्रले ९३ रनको साझेदारी गरि सकेका छन् ।
तेस्रो ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद वाफिकको बलमा १२ रनमा एलबीडल्लू आउट गरे । उनले ८ बलमा २ चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेख बायाँ हाते स्पिनर पवनदीप सिंहको चौथो ओभरको दोस्रो बलमा मिडअफमा शर्विन मुनीआन्दीबाट १८ रनमा क्याच भए । उनले ९ बलमा ३ चौका प्रहार गरे ।
नेपालले आज एक खेलाडी परिवर्तन गरेको छ । तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिँदा कमलसिंह ऐरीलाई मैदान उतारेको छ । टोलीमा अन्य भने परिवर्तन छैन ।
मलेसिया यस खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ । तर पराजित हुँदा भने पपुवा न्युगिनी फाइनलमा पुग्ने समिकरण छ । मलेसिया पराजित हुँदा दुबै टोलीको २–२ अंक हुनेछ । यो अवस्थामा पपुवा न्युगिनी नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्नेछ ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहित पौडेल ।
December 15, 2024
भुपेन्द्र जि.सी. नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो इतिहासकै कमजोर प्रदर्शन गरेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप ७ मध्य ४ खेलमा विकेटविहीन रहे । विकेटविहीन खेलको हिसाबले उनका लागि यो नेपाली फ्रेन्चाइज लिग इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसअघि सन् २०१६ देखि सुरु भएको नेपाली फ्रेन्चाइज […]
December 15, 2024
हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]