default_image

3 years ago

August 13, 2022

युनाइटेडले पहिलो हाफमै ४ गोलले पछि

213 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड ब्रेन्टफर्डविरुद्ध जारी खेलको पहिलो हाफमा नै ४-० ले पछि परेको छ । घरेलु टोलीले पाहुना टोलीलाई पहिलो हाफमा दबाबमा राख्दै अप्रत्याशित अग्रता लिएको हो ।

खेलको दशौं मिनेटमा जोस डा सिल्भाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले गरेको प्रहार गोलरक्षक डेविड डे हेयाको हातबाट फुस्कंदा युनाइटेड पछि परेको थियो । १८ औं मिनेटमा माथिअस जेन्सनले युनाइटेडको अग्रता दोब्बर पारे । उनले युनाइटेडको डिफेन्स र गोलरक्षकबीच समन्वय हुन नसक्दा पेनाल्टी क्षेत्रभित्र दबाब दिँदै गोल गरेका थिए ।

३० औं मिनेटमा बेन मीले गोल गर्दै अग्रता ३-० को बनाए । त्यसको ५ मिनेट नबित्दै काउन्टर अट्याकमा अघि बढेको ब्रेन्टफर्डले ४-० को अग्रता बनायो । आइभन टोनीले सिर्जना गरेको मुभलाई ब्रायन एम्बुएमोले वन भर्सेस वनको स्थितिबाट गोलमा परिणत गरे ।

पहिलो खेलमा ब्राइटनसँग २-१ ले पराजित भएको युनाइटेड निकै दबाबमा रहेको छ । उक्त खेलमा क्रिस्टियानो रोनाल्डो बेन्चबाट प्रवेश गरेपछि प्रशिक्षक एरिक टेन हागको आलोचना समेत भएको थियो । आजको खेलमा दोस्रो हाफमा पनि यही गोल अन्तर कायम रहे युनाइटेड अंक तालिकाको पुछारमा नै रहनेछ ।\

यो पनि : म्यानचेस्टर सिटी र आर्सनलको लगातार जित

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.