3 years ago
August 13, 2022
एजेन्सी – ब्राजिली फरवार्ड गाब्रियल जेससले उत्कृष्ट प्रदर्शन गरेपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

जेससले टोलीको चार गोलमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दा आर्सनलले लेस्टर सिटीलाई ४–२ ले पराजित गर्दै नयाँ सिजनमा उत्कृष्ट सुरुवात गरेको हो । इमिरेट्स स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा जेससले दुई तथा ग्रानिट झाका र गाव्रियल मार्टिनेलीले समान एक गोल गरे । लेस्टरले जेम्स म्याडिसनले एक गोल गर्दा अर्को एक गोल उपहार पाएको थियो ।
खेलको २३औं मिनेटमा जेससका गोलबाट आर्सनलले गोलको खाता खोलेको थियो । उनले झाकाको पासमा गोल गर्न सफल भएका थिए । ३५औं मिनेटमा जेससले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
५३औं मिनेटमा विलियन सालिवाले आत्मघाती गोल गरेपछि लेस्टर सिटी खेलमा फर्कने संकेत देखिएको थियो, तर त्यसको दुई मिनेटपछि नै सुरुवाती दुई गोल गरेका जेससको पासमा झाकाले गोल गर्दै आर्सनललाई ३–१ ले अघि बढाए ।
७४औं मिनेटमा जेम्स म्याडिसनले केलिची इहानाचोको पासमा गोल गर्दै खेललाई ३–२ को प्रतिस्पर्धात्मक स्थितिमा ल्याए । ७५औं मिनेटमा जेससकै पासमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई ४–२ को सानदार जित दिलाए ।
यो जितसँगै आर्सनल दुई खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित लेस्टरको दुई खेलबाट १ अंक छ ।

त्यस्तै म्यानचेस्टर सिटीले लिगको दोस्रो खेलमा बर्नमाउथलाई फराकिलो अन्तरले हरायो । सिटीले घरेलु मैदान इतिहाद रंगशालामा ४-० को जित दर्ता गरेको हो । सिटीका लागि इल्काए गुन्डोगन, केभिन डे ब्रुएन र फिल फोडेनले १-१ गोल गरे । एक गोल भने आत्मघाती गोल रहयो ।
खेलको १९ औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । उनले एर्लिङ हालान्डसँग वन टु पासको मुभपछि पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । ३१ औं मिनेटमा डे ब्रुएनले अग्रता दोब्बर परे । उनले बर्नमाउथको हाफको मध्य भागबाट बल अघि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट आउटसाइड फुटले सुन्दर फिनिस गरे ।
३५ औं मिनेटमा डे ब्रुएनको पासमा फोडेनले चलाखीपूर्ण फिनिस गर्दै ३-० को अग्रता दिलाए । दोस्रो हाफको ७९ औं मिनेट जोआओ क्यान्सेलोको शक्तिशाली क्रस जेफर्सन लर्मालाई लाग्दै गोलमा परिणत भएपछि सिटी ४-० ले अघि बढ्यो ।
सिटीको यस जितसँगै २ खेलमा ६ अंक भएको छ । यसअघि सिटीले पहिलो खेलमा वेस्ट ह्यामलाई २-० ले पराजित गरेको थियो ।
त्यसअघि दिनको पहिलो खेलमा एस्टन भिल्लाले एभर्टनलाई २-१ ले पराजित गर्यो । घरेलु टोली भिल्लाले ड्यानी इंग्स र एमिलियानो बुएन्डियाले १-१ गोल गरे । भिल्लाकै लुकास डीग्नले गरेको आत्मघाती गोल एभर्टनको लागि सान्त्वना सिमित भयो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]