3 years ago
September 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोल मेसिन सावित्रा भण्डारी ‘साम्वा’ को गोलमा नेपालले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलको पहिलो हाफमा १-० को अग्रता लिएको छ । खेलको १२औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको तेस्रो मिनेटमा फ्रिकिकमा भुटानी खेलाडीको हेडर पोस्ट नजिकैबाट बाहिरिदा भुटान अग्रता लिनबाट चुकेको थियो । नवौं मिनेटमा सावित्रा भण्डारीको डि बक्स बाहिरको प्रहारले पोस्टको गति लिन सकेन ।
११औं मिनेटमा हिरा कुमारी भुजेलको बक्स बाहिरको सशक्त प्रहार पोलमा लागेर फर्कदा नेपाल अग्रता लिनबाट चुक्यो । १२औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । गोलरक्षक सविता मोन्गेर अघि बढ्दै बललाई क्लियर गर्न खोजेको अवस्थामा अमिशासँग जुध्दै आएको बललाई सावित्राले खाली पोस्टमा गोल गर्न सफल भइन् ।

यससँगै सावित्रा भटानविरुद्धको चौथो खेलमा लगातार गोल गर्न सफल भइन् । उनले यसअघि तेस्रो, चौथो र पाँचौ साफमा गोल गर्न सफल भएको थियो । साफमा भुटानविरुद्ध उनको यो नवौं तथा सम्रगमा राष्ट्रिय टोलीबाट ३९औं गोल हो ।
३२औं मिनेटमा गोलरक्षक सविता मोनगेरबाट फुस्किएको बललाई सावित्राले नियन्त्रणमा लिदै गरेको प्रहारलाई डिफेन्डरले क्लियर गरिदिइन् । लगत्तै अनिता बस्नेतको क्रसमा सावित्राको हेडर दोस्रो बार च्याप्दै बाहिरिदा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो । ३५औं मिनेटमा कप्तान पेमा छोदेन छिरिङले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि प्रहार गर्न ढिला गर्दा भुटान बराबरीबाट चुक्यो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]