default_image

6 years ago

April 28, 2019

सन्दीपको खराब प्रर्दशन

57 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४६ औं खेलमा रोयल च्यालेन्जर्सविरुद्ध सुरुवाती २ ओभर खराव प्रर्दशन गरेका छन् । सन्दीपले सुरुवात २ ओभरमा २६ रन खर्चिदा कुनै विकेट लिन सकेका छैनन् ।

सन्दीपलाई दिल्लीले तेस्रो ओभरमा बलिङ गर्न ल्याएको थियो । पहिलो र दोस्रो बलमा पार्थिव पटेलले चौका प्रहार गरे । तेस्रो बलमा एक रन लिदै पार्थिवले स्ट्राइक विराट कोहलीलाई दिए । कोहलीले चौथो बलमा एक रन लिए । पाँचौ बलमा सन्दीपलाई पटेलले पुन चौका प्रहार गरे । अन्तिम बलमा १ रन लिदै स्ट्राइक आफ्नो साथमा राखे । सम्रगमा सन्दीपले पहिलो ओभरमै १५ रन खर्चिन पुगे ।

दिल्लीले सन्दीपलाई ११ औं ओभरमा पुन मौका दिएको थियो । पहिलो बलमा एवी डी भिलियर्स र दोस्रो बलमा शिभव दुबेले एक -एक रन लिए । तेस्रो बलमा डिभिलियर्सले पुन एक रन लिए । चौथो बलमा दुबेले १ रन लिए । पाँचौ बलमा ए बी डिभिलियर्सले १ रन लिदा अन्तिम बलमा दुबेले छक्का प्रहार गरे ।

जितको लागि १ सय ८८ रन पछ्याइरहेको बेंगलोर १२ ओभरको समाप्तिमा १०७-३ को अवस्थामा छ ।

December 15, 2024

सन्दीपको नेपाली फ्रेन्चाइज इतिहासकै कमजोर प्रदर्शन

भुपेन्द्र जि.सी. नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो इतिहासकै कमजोर प्रदर्शन गरेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप ७ मध्य ४ खेलमा विकेटविहीन रहे । विकेटविहीन खेलको हिसाबले उनका लागि यो नेपाली फ्रेन्चाइज लिग इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसअघि सन् २०१६ देखि सुरु भएको नेपाली फ्रेन्चाइज […]

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, क्वालिफायर खेल्ने सम्भावना बलियो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]

Success

Thank you for your time.