default_image

5 years ago

May 1, 2019

श्रेयस गोपालको ह्याट्रिकका बाबजुद बेंगलोर बलियो

एजेन्सी – लेग स्पिनर श्रेयस गोपालले ह्याट्रिक गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ६३ रनको लक्ष्य दिएको छ । वर्षाको कारण निर्धारित समय भन्दा झण्डै चार घण्टापछि सुरु भएको खेलमा ओभर घटाएर ५-५ झारिएको थियो । घरेलु मैदान चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित ५ […]

34 views

0 Bookmark

एजेन्सी – लेग स्पिनर श्रेयस गोपालले ह्याट्रिक गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ६३ रनको लक्ष्य दिएको छ ।

वर्षाको कारण निर्धारित समय भन्दा झण्डै चार घण्टापछि सुरु भएको खेलमा ओभर घटाएर ५-५ झारिएको थियो । घरेलु मैदान चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा ६२ रन बनायो ।

बेंगलोरले विराट कोहली र एबी डी भिलियर्सलाई ओपनरको रुपमा मैदान उतारेको थियो । पहिलो ओभरको सुरुवाती दुई बलमा कप्तान विराट कोहलीले लगातार छक्का प्रहार गरे । चौथो र अन्तिम बलमा डी भिलियर्सले चौका प्रहार गरे पछि बरुन आरोनले पहिलो ओभरमै २३ रन खर्चिएका थिए ।

विराटले दोस्रो ओभरको पहिलो बलमा छक्का र दोस्रो बलमा श्रेयस गोपाललाई चौका प्रहार गरे । चौथो बलमा भने गोपालले कोहलीलाई लङ अनको दिसामा लिभिङ स्टोनबाट क्याच आउट गराए । कप्तान कोहलीले ७ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै २५ रनमा आउट भए ।

गोपालले लगतै अर्को बलमा डीभिलियर्सलाई क्याच आउट गराए । डी भिलियर्स पनि ठूलो शर्ट खेल्ने घुनमा रियान परागबाट क्याच आउट भए । अन्तिम बलमा मार्कस स्टोइनिसलाई स्टिभ स्मिथबाट क्याच गराउदै गोपालले ह्याट्रिक पुरा गरेका थिए । डी भिलियर्सले ४ बलमा २ चौका सहित १० रन जोडे । गोपालले ह्याट्रिक गरेपछि राजस्थान खेलमा फर्किएको थियो । तेस्रो ओभरमा रियान परागले १० रन खर्चेर १ विकेट लिए ।

जयदेव उनादकटको चौथो ओभरको दोस्रो बलमा पार्थिव पेटलले चौका प्रहार गरे पनि अन्तिम बलमा ओशन थोमसबाट क्याच आउट भए । उनले ५ बलमा ८ रन बनाए । उनादकटले यस ओभरमा ९ रन मात्र खर्चिए । अन्तिम ओभरमा ओशन थोमसले ८ रन खर्चेर २ विकेट लिए । राजस्थानका श्रेयस गोपालले १ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै ओशन थोमस २, रियान पराग र जयदेव उनादकटको नाममा समान १ विकेट रह्यो ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

Success

Thank you for your time.