default_image

6 years ago

September 12, 2019

नेपाल विरुद्ध उज्बेकिस्तान (प्रत्यक्ष प्रसारण)

229 views

0 Bookmark

नेपाल विरुद्ध उज्बेकिस्तान

प्रत्यक्ष प्रसारण

नादेझ्दा कप फाइनल

सुरुवाती ११ : एन्जिला तुम्बापो सुब्बा (गोलरक्षक), हिरा भुजेल, अमृता जैशी, पुनम जर्घामगर, गीता राना, रेनुका नगरकोटे (कप्तान), दिपा राई, मन्जली योन्जन, अनिता बस्नेत, सरु लिम्बु, सावित्रा भण्डारी

नेपाल लिग चरणमा दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । उज्बेकिस्तान भने प्रतियोगितामा शत प्रतिशत जितको नतिजा निकाल्दै शीर्षस्थानमा रहेको थियो । लिग चरणको खेलमा उज्बेकिस्तानले नेपाललाई २-० ले पराजित गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानमाथि ८-२ र ताजिकिस्तानमाथि १-० को जित दर्ता गरेको थियो । यता उज्बेकिस्तानले आयोजक किर्गिस्तानलाई ९-० र ताजिकिस्तानलाई १२-० ले हराएको थियो ।

नेपाली महिला टोलीले हालसम्म कुनै उपाधि जित्न सकेको छैन । हालसम्म ७ पटक फाइनल खेलेको नेपाली टोली ६ पटक भारत र १ पटक म्यानमारसँग पराजित भएको छ ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

पुलिसलाई अर्जुनधारा महिला भलिबलको उपाधि

हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]

Success

Thank you for your time.