October 14, 2024
एजेन्सी – साविक विजेता अस्ट्रेलिया अपराजित रहँदै युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ । आइतवार समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले भारतमाथि ९ रनको जित हासिल गर्दै अपराजित यात्रा जारी राखेको हो । १ सय ५२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनायो । […]
October 13, 2024
एजेन्सी – इङ्ग्ल्यान्डले युएईमा जारी महिला टि ट्वान्टी विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ । तेस्रो जित हात पार्ने क्रममा इङग्ल्यान्डले आइतवार स्कटल्यान्डलाई पराजित गरेको हो । स्कटल्यान्डले १० विकेटको फराकिलो हार बेहोरेको हो । १ सय १० रनको लक्ष्य इङ्ग्ल्यान्डले १० ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । त्यसअघि सारजहामा टस जितेर पहिले […]
October 13, 2024
एजेन्सी – निरन्तर खराब प्रदर्शन गरिरहेको पाकिस्तानको टेस्ट क्रिकेट टोलीबाट पूर्व कप्तान बाबर अजाम तथा तीव्र गतिका बलरद्वय शाहिन शाह अफ्रिदी र नसिम शाह हटाइएका छन् । इङ्ग्ल्यान्डविरुद्धको दोस्रो र तेस्रो टेस्टका लागि घोषित १६ सदस्यीय टोलीमा बाबर, शाहिन र नसिम अटाएनन् । पहिलो टेस्टपछि पाकिस्तानका कप्तान शान मक्सुदले बलिङ प्रदर्शनको आलोचना गरेका थिए। त्यसपछि […]
October 13, 2024
एजेन्सी – भारतले बंगलादेशविरुद्धको टि ट्वान्टीमा क्लिन स्विप गरेको छ। हैदरावादमा शनिवार भएको तेस्रो तथा अन्तिम टि ट्वान्टीमा भारतले बंगलादेशलाई १ सय ३३ रनले पराजित गर्याे । २ सय ९८ रनको लक्ष्य पछ्याएको बंगलोदशले ७ विकेट गुमाएर १ सय ६४ रन मात्रै बनायो । टोहिद ह्रिदोयले सर्वाधिक ६३ र लिटन दासले ४२ रन बनाए । […]
October 12, 2024
एजेन्सी – साबिक विजेता अस्ट्रेलियाले युएईमा जारी रहेको नवौं संस्करणको टि ट्वान्टी महिला विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा साबिक विजेताले पाकिस्तानलाई हराएको हो । लगातार दोस्रो हार बेहोरेको पाकिस्तान अस्ट्रेलियासँग ९ विकेटको फराकिलो अन्तरले पराजित भयो । दुबईमा भएको खेलमा पाकिस्तानले दिएको ८३ रनको सामान्य लक्ष्य […]
October 11, 2024
एजेन्सी – पुर्व कप्तान जो रुटको कीर्तिमानमा इङ्ग्ल्यान्डले पाकिस्तानविरुद्ध पहिलो टेस्टमा जित हात पारेको छ । ३ खेलको टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा शुक्रवार सकिएको खेलमा पाहुना टोलीले १ इनिङ र ४७ रनले खेल जितेको हो । जितसँगै पाहुना टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ । पाकिस्तानले […]
October 11, 2024
एजेन्सी – युएईमा जारी टि ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजले लगातार दोस्रो जित हासिल गरेको छ । वेस्ट इन्डिजले बिहीवार बंगलादेशमाथि ८ विकेटको फराकिलो जित हात पार्यो । १ सय ४ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले १२.५ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजको जितमा हेलि म्याथ्युजले २२ बलमा ३४ तथा स्टेफन टेलरले […]
October 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली विराटनगर किंग्सले आयरल्यान्डका पुर्व क्रिकेटर केबिन ओ ब्राइनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । विराटनगरले बिहीवार सामाजिक संजाल मार्फत ओ ब्राइनलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । ओ ब्राइनले आयरल्यान्डबाट ३ टेस्ट, १ सय ५३ ओडिआई र १ सय १० टि ट्वान्टी आई खेलेका […]
October 10, 2024
एजेन्सी – युएईमा जारी टि ट्वान्टी महिला विश्वकपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । भारतले बुधवार राति भएको खेलमा श्रीलंकालाई ८२ रनको हराएको हो । १ सय ७३ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा अल आउट हुँदै ९० रनमा समेटियो । श्रीलंकाका लागि कबिशा दिलहारिले २१ तथा अनुष्का सन्जिबनीले २० रन बनाइन् । […]
October 9, 2024
एजेन्सी – भारतले बंगलादेशविरुद्धको ३ टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा बुधवार बंगलादेशमाथि ८६ रनको सानदार जित निकाल्दै भारतले सिरिज जितेको हो । पहिलो खेल भारतले ७ विकेटले जितेको थियो । भारतको दिल्लीमा भएको खेलमा २ सय २२ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ […]