1 year ago
October 11, 2024
एजेन्सी – पुर्व कप्तान जो रुटको कीर्तिमानमा इङ्ग्ल्यान्डले पाकिस्तानविरुद्ध पहिलो टेस्टमा जित हात पारेको छ । ३ खेलको टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ ।
पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा शुक्रवार सकिएको खेलमा पाहुना टोलीले १ इनिङ र ४७ रनले खेल जितेको हो । जितसँगै पाहुना टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ । पाकिस्तानले पहिलो इनिङमा ५ सय ५६ रनको योगफल तयार गरेको थियो । पहिलो इनिङमा ७ विकेट गुमाएर ८ विकेट गुमाएको अवस्थामा पारी समाप्तको घोषणा गरेको थियो । पहिलो इनिङमा पाहुना टोलीले २ सय ६८ रनको अग्रता बनाएको थियो ।
दोस्रो इनिङमा घरेलु टोली २ सय २० रनमा अल आउट भएपछि खेल पाहुना टोलीले एक इनिङसहित जितेको हो । टोलीका लागि सलमान आगाले ६३ तथा आमिर जमालले नट आउट ५५ रन जोडे । पाहुना टोलीका लागि ज्याक लिचले ४ तथा बायडन क्रास र गस एटकिन्सनले समान २ विकेट लिए ।
पाहुना टोलीले पहिलो इनिङमा ७ विकेट गुमाएर ८ सय २३ रन बनाउँदा पारी समाप्तीको घोषणा गर्यो । टोलीका जो रुटले २ सय ६२ तथा ह्यारी ब्रुक ३ सय १७ रन जोडे । रुटले १२ हजार ६ सय ६४ रन बनाउदै इङ्ग्ल्यान्डका लागि टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाए । यसअघि यो कीर्तिमान एलेस्टर कुकको नाममा १२ हजार ४ सय ७२ रनका साथ रहेको थियो ।
चौथो विकेटका लागि रुट र ब्रुकले ४ सय ५४ रनको कीर्तिमानी साझेदारी गरेका थिए । यसअघि यो कीर्तिमान ४ सय ११ रनका साथ कोलिन र पिटरको नाममा रहेको थियो ।
त्यसअघि बेन डुकेटले ८४ तथा ओपनर ज्याक क्रलीले ७८ रन जोडे । घरेलु टोलीका लागि सैयम अयुव र नसिम शाहको नाममा समान २ तथा आमिर जमाल, सलमान आगा र शाहिन शाह अफ्रिदीका नाममा समान १ विकेट रहे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो इनिङको समाप्तीमा तीन शतकको सहयोगमा ५ सय ५६ रनको विशाल योगफल तयार गरेको थियो ।
घरेलु टोलीका कप्तान शान मक्सुद, आगा सलमान र अब्दुल्लाह शफिकले शतकीय पारी खेलेका थिए । मक्सुदले १ सय ५१, सलमान आगाले १ सय ४ तथा शफिकले १ सय २ रन बनाए । साउद शकिलले ८२, बाबर अजामले ३० तथा शाहिन शाह अफ्रिदीले २६ रन जोडे ।
पाहुना टोलीका लागि ज्याक लिचले ३ तथा गस एटकिन्सन र ब्रायडन कार्सले समान २ विकेट लिए । दुईबीचको दोस्रो टेस्ट खेल मंगलवारबाट मुल्तानमा सुरु हुनेछ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]