1 year ago
October 14, 2024
एजेन्सी – साविक विजेता अस्ट्रेलिया अपराजित रहँदै युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
आइतवार समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले भारतमाथि ९ रनको जित हासिल गर्दै अपराजित यात्रा जारी राखेको हो । १ सय ५२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनायो ।
भारतका लागि कप्तान हरमनप्रित कौरले ४७ बलमा ६ चौकाको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेलिन् । दिप्ती शर्माले २९, शेफाली बर्माले २० तथा जेमिमा रोड्रिगेजले १६ रन जोडिन् । अस्ट्रेलियाका लागि अनाबेल सुदरल्यान्ड र सोफी मोलिनेक्सले समान २ विकेट लिए ।
त्यसअघि सारजहामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५१ रन जोड्यो । अस्ट्रेलियाका लागि ओपनर ग्रेक ह्यारिसले ४० तथा कप्तान तहिल म्याग्रेथ र एलिसा पेरीले समान ३२ रन जोडे ।
भारतका लागि रेनुका सिंह र दिप्ती शर्माले समान २ तथा शृयका पाटिल, पुजा वस्त्राकर र राधा यादवले समान १ विकेट लिए ।
समूह चरणको ४ खेलमा अपराजित रहदै साविक विजेता सेमिफइनलमा स्थान बनाउने पहिलो टोली बनेको छ । भारतले भने समान खेलमा ४ अंक जोडेर सेमिफाइनल सम्भावना कायमै राखेको छ । सोमवार हुने पाकिस्तान र न्युजिल्यान्डको खेल पछि यो समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको निश्चित हुन्छ ।
आजको खेलमा सेमिफाइनलमा स्थान बनाउन न्युजिल्यान्ड र पाकिस्तानलाई विजयी हुनै पर्छ । न्युजिल्यान्डलाई पाकिस्तानमाथिको सामान्य जित पर्याप्त हुनेछ ।
पाकिस्तानलाई भने न्युजिल्यान्डमाथि फराकिलो जित आवश्यक पर्नेछ । पाकिस्तानले न्युजिल्यान्डमाथि सामान्य जित निकालेमा भारत सेमिफाइनल प्रवेश गर्नेछ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]