default_image

कराते

November 25, 2024

महर्जनसहित ४ जना बागमती प्रदेश खेलकुद परिषद्को सदस्य नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्‌को सदस्यमा ४ जनालाई नियुक्त गरेको छ । प्रदेश सरकारको सोमवार बसेको मन्त्रिपरिषद बैठकले २ महिला सहित ४ जनालाई परिषद्‌को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार परिषद्को सदस्यमा आठौं दक्षिण एसियाली खेलकुद (साग) मा करातेका स्वर्ण पदक विजेता ललितपुरका रवि महर्जन, […]

November 11, 2024

याङटेनले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- याङटेन लामाले अमेरिकाको न्यूयोर्कमा भएको युएसए अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिपमा स्वर्ण पदक‌ जितेको छन् । याङटेन ले १०-११ वर्ष उमेर समूहको‌ कुमुतेमा स्वर्ण पदक जितेको च्याम्पियन मार्सल आर्ट्सका अध्यक्ष सुनिल लामाले जानकारी दिए । याङटेन च्याम्पियन मार्सल आर्ट्समा प्रशिक्षण गर्दै आएका छन् । ११ औं‌ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक […]

November 5, 2024

राखेप सदस्य सचिव घिसिङको स्वागतमा न्युयोर्कमा कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन्स मार्सल आर्टस क्लब अमेरिकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको स्वागतमा न्युयोर्कमा सोमवार कार्यक्रम आयोजना गरेको छ। ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाको च्याम्पियन्स मार्सल आर्टस क्लबका अध्यक्ष हुन् । सदस्य सचिवले राखेपले एसियाली खेलकुदको‌ तयारीका मिसन २०२६ अन्तर्गतको प्रशिक्षण मंसिर १ […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

October 22, 2024

मिसन २०२६ को प्रशिक्षण मंसिरबाट पुनः सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण मंसिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ । सन् २०२६ मा जापानमा हुने २० औं एसियाडमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष […]

October 6, 2024

मण्डेकाजी स्पोर्टस् पर्सनालिटी अवार्डबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय कराते टोलीका प्रशिक्षक मण्डेकाजी श्रेष्ठ ‘स्पोर्टस् पर्सनालिटी अफ दि इयर’बाट सम्मानित भएका छन् । राजधानीमा आइतवार आयोजित ‘एचिभर्स अवार्ड २०२४’ कार्यक्रममा खेलकुदतर्फ मण्डेकाजी सम्मानित भएका हुन् । सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा भएको अवार्डमा १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता खेलाडी मण्डेकाजीलाई सम्मान गरेको हो […]

October 4, 2024

एरिकाले यु-२१ जुनियर वल्ड च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- स्टार कराते खेलाडी एरिका गुरूङले इटलीमा हुने वल्ड कराते च्याम्पियनसिप क्याडेट जुनियर यु-२१ मा प्रतिस्पर्धा गर्ने भएकी छिन् । उनलाई आज राष्ट्रिय खेलकुद परिषद ( राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरे। पछिल्लो एकवर्षको खेल यात्रा एरिकाको लोभलाग्दो छ। खेलेको सबै अन्तराष्ट्रिय प्रतियोगितामा पदक जितेकी छिन्। १९औं एसियाली खेलकुदमा रजत पदक […]

September 27, 2024

बागमतीका खेलकुद मन्त्री महर्जनलाई पितृ शोक

ललितपुर (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई पितृ शोक परेको छ। मन्त्री महर्जनका हरिकृष्ण महर्जनको ८४ वर्षको उमेरमा उपचारका क्रममा शुक्रवार निधन भएको हो । निमोनियाबाट पीडित महर्जनलाई बिहीवारदेखि उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा राखिएको थियो। महर्जनका श्रीमती, ५ छोरा र १ छोरी छन् । उनको अन्तिम संस्कार शनिवार विहान ९:०० […]

September 25, 2024

बागमती खेलकुद मन्त्रालयको खेल विज्ञमा श्रेष्ठ मनोनित

हेटौंडा (हाम्रो खेलकुद )- बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयले दीपक श्रेष्ठलाई खेल विज्ञ मनोनित गरेको छ । मन्त्री मीनकृष्ण महर्जनले ललितपुरको गोदावरी ११ निवासी श्रेष्ठलाई आज खेल विज्ञ मनोनित गरेका हुन् । श्रेष्ठलाई बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव दिन र आवश्यक विभिन्न खेलकुदसँग सम्बन्धित गतिविधि संचालन गर्न जिम्मेवारी प्रदान […]

September 24, 2024

एक वर्षपछि एरिकाको उस्तै भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद)-  एक वर्षमा करातेकी एरिका गुरुङले त्यस्तै भव्य स्वागत पाएकी छिन् । चीनमा आइतवार सम्पन्न २०औं  सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिका मंगलवार स्वदेश आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्षकै जस्तो स्वागत पाएकी हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, कराते प्रशिक्षक, खेलाडी, पदाधिकारी , खेलप्रतिले एरिका सहित टोलीलाई […]

Success

Thank you for your time.