1 year ago
September 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एक वर्षमा करातेकी एरिका गुरुङले त्यस्तै भव्य स्वागत पाएकी छिन् ।
चीनमा आइतवार सम्पन्न २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिका मंगलवार स्वदेश आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्षकै जस्तो स्वागत पाएकी हुन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, कराते प्रशिक्षक, खेलाडी, पदाधिकारी , खेलप्रतिले एरिका सहित टोलीलाई विमानस्थलमा स्वागत गरेका थिए।

गत वर्ष चीनमा नै भएको १९ औं एसियाली खेलकुद (एसियाड) मा पनि एरिकाले एतिहासिक रजत पदक नै जितेर फर्कदा पनि भव्य स्वागत भएको थियो।
यसपटक ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनले एरिकालाई ६-० ले स्तब्ध भएकी थिइन् ।
एरिकाले प्राप्त गरेको रजत ऐतिहासिक हो। एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो। यसअघि कुनेैपनि नेपाली खेलाडीले यो च्याम्पियनसिपमा पदक जिन सकेको थिएन ।

च्याम्यपियनसिपमा एरिकाको यात्रा सानदार रह्यो ।शुक्रबार लगातार तीन बाउट जितेर एरिकाले फाइनलको यात्रा तय गरेकी थिइन्।
उनले प्री क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४-० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८-० ले हराउँदै फाइनलमा स्थान बनाउँदै कम्तीमा रजत पदकका गरेकी थिइन्।

१९ औं एसियाडको फाइनलमा एरिका काजकिस्तानकी सोफयासँग हारेकी थिइन् । यसपटक भने सोफयालो चुनौतीलाई एरिकाले क्वाटरफाइनलमा नै पन्छाएकी थिइन्। एसियाडमा करातेमा रजत पदक जित्ने पनि एरिका पहिलो नेपाली हुन्।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]