default_image

अन्य

September 4, 2022

पुलिसका खेलाडीलाई सम्मान तथा बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताको विभिन्न खेलमा पदक जित्न सफल आफ्ना खेलाडी तथा टोलीलाई सम्मान र बधाई ज्ञापन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यले आइतबार एक कार्यक्रमकाबीच विभिन्न खेलमा पदक प्राप्त गर्न सफल नेपाल प्रहरीको खेलाडीहरुलाई […]

September 4, 2022

स्कलर्स होम क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्कलर्स होम चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्कोलर्स होमले संस्कृतिलाई ३७–३४ ले पराजित ग¥यो । स्कोलर्स होमका एलेन छन्त्यालले १५ अंक जोडे । सोही स्पर्धामा एन्जल्स हार्टले एचएचसीएलाई ३८–३७, लोयल्टीले तिरुपतिलाई ४९–२६, रेडिअन्टले प्राण्जलीलाई ३८–१७, रिलायन्सले एपेक्स लाइफलाई ३९–२२ र भ्याली पब्लिकले लक्ष्मीपुरलाई […]

September 4, 2022

टेबल टेनिसको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – स्पिन इभेन्ट्स प्रालिको आयोजनामा दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भदौ २१ देखि २५ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक समेत रहेका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् । प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम तथा […]

September 4, 2022

बोधित र सुस्मितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मोरङका बोधित डिसी र नेपाल आर्मीकी सुस्मिता खड्काले कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । जुनियर सिंगल्सको ब्वाइजमा बोधित तथा गल्र्समा सुस्मिताले स्वर्ण जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा बोधितले एभीएमका रुविन महर्जनलाई १२–१०, १३–११ र ११–५ को सोझो सेटमा […]

September 4, 2022

आयोजक निसर्गलाई च्याम्पियनसिप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक निसर्ग बाटिका स्कुल आठौं निसर्ग पौडी च्याम्पियनसिप २०२२ को च्याम्पियनसिप उपासधि उचाल्न सफल भएको छ । आयोजकले ७ स्वर्ण सहित १०१ अंक हासिल गर्दै उपाधी उचालेको हो । यस अघिको संस्करणमा उपाधि उचालेको लिङकनलाई पछि पार्दै आयोजकले उपाधि उचालेको हो । स्वस्तीश्री गुरुकुल ६४ अंकका साथ दोश्रो र ५३ अंककाका […]

September 4, 2022

नवौंका लागि बागमती प्रदेशबाट फेन्सिङ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ फेन्सिङ खेलाडी छनोट भएको छ । काठमाण्डौ फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलातर्फ १२ गरि कुल २४ खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी गराए । पुरुष फोयल ईभेन्टमा संजीव लामा, नारायण गौतम, पुरुषोत्तम […]

September 4, 2022

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको अध्यक्ष पदका लागि जीतेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । संघका महासचिव रहेका चन्दले आइतबार पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेका छन् । संघकी उपाध्यक्ष निरोज मास्केले गत महिना औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरेकी थिइन् । योसँगै भदौ २२ गतेका लागि तय संघको निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा हुने […]

September 4, 2022

भलिबल संघको महासचिवमा श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको महासचिवमा रोशन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । महासचिवमा उम्मेदवारी घोषणा गर्ने उनी दोस्रो हुन् । यसअघि संघका सचिव मनीवर छन्त्यालले महासचिवमा उम्मेदवारी घोषणा गरेका थिए । संघको साधारण सभा भदौ २२ गते हुँदैछ । वर्तमान महासचिव जीतेन्द्रबहादुर चन्दको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा स्वागत मन्तव्य राख्दै श्रेष्ठले […]

September 3, 2022

न्यू डायमन्डद्धारा आफ्ना खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले आफ्नो खेलाडी तथा अफियिसललाई शनिबार पुरस्कृत गरेको छ । गत साता पोखराको लामाचौरमा सम्पन्न भएको लामाचौर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो स्थान हासिल गरेपछि क्लबले प्रोत्साहन स्वरुप खेलाडी तथा अफिसियललाई नगदसहित पुरस्कृत गरेको हो । पुरानो चोट बल्झिएपछि विश्राममा रहेको प्रतिभा मालीविनाको […]

September 3, 2022

मनोजलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मनोज श्रेष्ठले मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । स्वर्ण जित्ने क्रममा मनोजले ४ खेलाडीलाई पराजित गरेका थिए । नेप्लिज तेक्वान्दो एकेडेमीका उत्पादन मनोजले पुरुष ५८ केजीमुनि स्वर्ण जितेको एकेडेमीका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खडकाले जनाएका छन् ।

Success

Thank you for your time.