3 years ago
September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताको विभिन्न खेलमा पदक जित्न सफल आफ्ना खेलाडी तथा टोलीलाई सम्मान र बधाई ज्ञापन गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यले आइतबार एक कार्यक्रमकाबीच विभिन्न खेलमा पदक प्राप्त गर्न सफल नेपाल प्रहरीको खेलाडीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो ।
प्रहरीले गत असारमा दक्षिण कोरियामा भएको २५औं तेक्वान्दो च्याम्पियनसिप, कारियामै आयोजना भएको चुन्चेअज कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, प्रथम सिनसुङ युनिभर्सिटी प्रेसिडेन्ट्स कप अन्तर्राष्ट्रिय तेक्वान्दो कम्पिटिसन र साउनमा सञ्चालन भएको १५औं विश्व तेक्वान्दो कल्चरल एक्सोमा पुलिसमा आबद्ध भइ ४ स्वर्ण र १ रजत जित्न सफल खेलाडीलाई सम्मान तथा बधाई ज्ञापन गरेका हुन् ।

यस्तै स्पोर्टस हव नेपाल प्रालि.ले आयोजना गरेको प्रथम स्पोर्टस हव राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्समा दोस्रो हुन सफल खेलाडी र हरितालिका तिजको अवसरमा नव आदर्श सामुदायिक विकास समाज लामाचौर, पोखराको आयोजनामा भएको लामाचौर कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा नेपाल प्रहरीको पुरुष तथा महिला भलिबल टिमलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो ।
पुलिसको महिटा टोलीले न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्दा पुरुषतर्फ वर्षाका कारण खेल हुन नसकेपछि आयोजकले पुलिस र गण्डकी प्रदेशलाई संयुक्त विजेता घोषणा गरेको थियो ।

December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]