default_image

अन्य

August 23, 2024

ट्युनिसियाकी जेरामदिनीले मधेशबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। मधेशले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा शुक्रवार जेरामदिनीलाई अनुबन्ध गरेको जनाएको‌छ। मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ । मधेशले‌ जेरामदिनी आगमनले टोलीको ब्लकिङ पोजिसन शसक्त हुने विश्वास लिएको छ । ट्युनिसियाको राष्ट्रिय टोलीकी […]

August 20, 2024

काजकिस्तानकी कालिनोभाले मधेशबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- काजकिस्तानकी कालिनोभा यभजिनियाले मधेश युनाइटेडबाट एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। इडब्लुभिएलका लागि विदेश खेलाडीसँग अनुबन्ध गर्ने मधेश पहिलो टोली बनेको छ। इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक हुन लागेको महिला भलिबलको फ्रेन्चाइज इडब्लुभिएलको मिति भने तय हुन बाँकी छ। काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभलाई अनुबन्ध गर्न पाउँदा मधेशले खुसी लागेको बताएको […]

August 19, 2024

टेबल टेनिस संघको निर्वाचन यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली खेलकुदको पुरानो संघ मध्येको एक अखिल नेपाल टेबल टेनिस संघको अर्को साता निर्वाचन हुने भएको छ। लामो समयदेखि अन्योलमा रहेको टेबल टेनिस संघको निर्वाचन भदौ ८ गतेका लागि तोकिएको थियो। राष्ट्रिय खेलकुद परिषद (राखेप) को निर्वाचन समितिलले साउन १५ गते राष्ट्रिय दैनिकमा टेबलटेनिस संघको निर्वाचन भदौ ८ गते हुने सुचना […]

August 19, 2024

धारा नेपालगञ्ज म्याराथनको दसौं संस्करणलाई विशेष बनाइने

नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनको १० औं संस्करण मंसिर २२ गरे शनिवार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले दशौं संस्करणको मिति तय गरेको जनाएको छ । कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदको काउन्ट डाउन सुरु भएसँगै नेपालगन्ज म्याराथनको मिति केही पछाडि सारिएको बताइएको छ । नेपाल सरकार र तत्कालीन […]

August 18, 2024

यु २० काभा भलिबल च्याम्पियनसिपको तयारी – १८ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा अर्को महिना हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपको तयारीका लागि १८ खेलाडी प्रशिक्षणमा डाकिएका छन्। नेपाल भलिबल संघले आइतवार १८ खेलाडीको नाम सार्वजनिक गरेको छ। संघले भदौ ८ गतेबाट प्रशिक्षण सुरु गर्ने जानकारी दिएको छ। च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ। छनोट भएका खेलाडीलाई भदौ ७ गते […]

August 17, 2024

एरिका र स्यान्टु हाम्रो खेलकुद वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र टेबलटेनिस स्यान्टु श्रेष्ठ वर्षको‌ उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन्। हाम्रो खेलकुदको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा शनिवार ललितपुरको‌ एकान्तकुनास्थित कोरियन बिबिक्यूमा भएको कार्यक्रममा एरिका र स्यान्टु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका थिए। राष्ट्रिय खेलकुद परिषद (राखेप) टंकलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्मान गरेका थिए। उनीहरूले अवार्ड सहित २५ […]

August 17, 2024

कोशीमा १० औं राष्ट्रिय खेलकुदबारे अन्तरक्रिया

हिमाल खरेल, बिर्तामोड कर्णाली प्रदेशमा यसै वर्ष हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका बारेमा कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ र विकास समितिहरुसँग अन्तरक्रिया गरेको छ । विराटनगरमा भएको कार्यक्रममा बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राईलेकोशी प्रदेशले १० औँ राष्ट्रिय खेलकुदमा अधिकतम पदक जित्नेगरी तयारीमा लाग्न आग्रह गरे । मन्त्री राईले प्रदेशका खेलकुद […]

August 16, 2024

टुसाल विद्यालय स्तरीय पौडी अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिताको अर्को साता आयोजना हुने भएको छ। टुसाल मल्टिभेन्यु प्रालिले शुक्रवार पत्रकार सम्मेलनमार्फत भदौ ८ गते आयोजना गर्ने  जानकारी दिएको हो । तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्यूका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले बताए ।  प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, […]

August 16, 2024

काभा नेसन्स लिग भलिबल – रजत विजेतालाई सरकारले जनही ३ लाख

काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको छ। टोलीका १४ खेलाडीले जनही ३ लाख रुपैयाँ, प्रशिक्षकलाई २ लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १लाख २० हजार रुपैयाँ पुरस्कार दिने सरकारले बिहीवार बसेको मन्त्री परिषद्ले निर्णय गरेको प्रधानमन्त्री केपी‌ ओलीले शुक्रवार सामाजिक सञ्जालमार्फत […]

August 15, 2024

विष्ट लोकतान्त्रिक खेलकुद सुदूरपश्चिमको अध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद)- करातेका पूर्व खेलाडी सुरेन्द्र सिंह विष्ट नेपाल लोकतान्त्रिक खेलकुद संघको सुदूरपश्चिम प्रदेश अध्यक्ष बनेका छन्। लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले संघको विधान अनुसार विष्टलाई सुदूरपश्चिम प्रदेशको अध्यक्ष मनोनयन गरेको पत्र दिएका छन्। बैतडी पाटन नगरपालिका ३ का विष्ट कुरोदय सेल्फ डिफेन्स मार्शल आर्टस संघका संस्थापन महासचिव तथा प्रमुख प्रशिक्षक हुन्।

Success

Thank you for your time.