default_image

अन्य

August 29, 2024

पेरिस पारालिम्पिक्स – भरत पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली‌ भरतसिंह महत पेरिस पारालिम्पिक्सको तेक्वान्दोको‌ आफ्नो पहिलो खेलबाटै बाहिरिएका छन्। भरत बिहीवार जापानिज खेलाडी मित्सुया तानाकासँग पराजित भएका हुन्। पेरिसस्थित ग्रान्ड पेलेसमा तेक्वान्दोको के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिमा भरत तानाकासँग १३-३ अंकले पराजित भएका‌ हुन् । भरत पेरिस पारालिम्पिक्सको पहिलो चरणबाट बाहिरिए। एकपक्षीय खेलमा उनी एक समय १२-० ले पछि परिसकेका […]

August 28, 2024

ठकुरी समाज भलिबल असोज पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – ठकुरी समाज भलिबल समूहको आयोजनामा असोज पहिलो साता साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । ठकुरी समाजले प्रेस वक्तव्य जारी गर्दै प्रतियोगिता असोज २ देखि ५ गतेसम्म शुक्लागण्डकी १२ बावियाँडाडाँ, तनहुँमा आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि ४ हजार शुल्क तोकिएको छ । विजेताले […]

August 27, 2024

पेरिस पारालिम्पिक्स – पलेशाले भेनेन्जुएलाकी भलेरियासँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस पारालिम्पिक्समा छनोट भएकी ओलम्पियन पलेशा गोवर्दनले भेनेन्जुएलाकी भलेरिया मोराल्सलाई पहिलो चरणमा प्रतिद्वन्द्वीको रूपमा भेट्टाएकी छिन्। पलेशाले के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहमा प्रतिस्पर्धा गर्नेछिन्। आज भएको ड्र अनुसार पलेशाले बिहीवार पहिलो चरणको खेल जितेमा दोस्रो चरणमा विश्व वरियताको पहिलो स्थानमा रहेकी ब्राजिलकी फरनान कार्डोसोको सामना गर्नुपर्नेछ। यो स्पर्धामा […]

August 27, 2024

दसौं राष्ट्रिय खेलकुदका बारेमा प्रष्ट पार्न सरकारसँग एनएनआइपिएको आग्रह

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले छिटो भन्दा छिटो दसौं राष्ट्रिय खेलकुद आयोजनाका विषयमा प्रष्ट पार्न सरकारसँग आग्रह गरेको छ। अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा एनएनआइपिएको टोलीले मंगलवार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङललाई दसौंका विषयमा ध्यानाकर्षण पत्र बुझाएको छ। दसौं राष्ट्रिय […]

August 27, 2024

दारी ग्याङको फुटसल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – सामाजिक संजालमा सक्रिय युवाहरुको समुह दारी ग्याङले यसै साता फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। बुढानिलकण्ठ-९ कपनमा रहेको कान्तिपुर ट्रेनिगं सेन्टरमा भदौ १४ र १५ गते फुटसल प्रतियोगिता आयोजना हुने मंगलवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । बिज एजुकेशन मुख्य प्रायोजक‌ रहेको प्रतियोगिताको मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द रहेको छ […]

August 27, 2024

लामाचौरमा महिला तथा पुरुष भलिबल हुने

पोखरा (हाम्रो खेलकुद) – कास्कीको लामाचौरमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नव आदर्श सामूदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा तीज महोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको मंगलवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। लामाचौर कपमा महिला तथा पुरुषको अलग प्रतियोगिता हुनेछ। ‌ ११औं संस्करणको महिला भलिबल प्रतियोगितामा ३ विभागीय सहित […]

August 26, 2024

पुरुषोत्तमले जिते राष्ट्रिय एमेच्योर बुद्धिचालको उपाधि

मेचीनगर (हाम्रो खेलकुद)- सिएम पुरुषोत्तम चौलागाईंले छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता उपाधि जितेका छन्।  झापाको मेचीनगरमा सोमवार सम्पन्न प्रतियोगितामा २ हजार रेटिङ मुनिको प्रतिस्पर्धामा १९३७ रेटेड पुरुषोत्तमले ७ चरणको क्लासिकल खेलमा अपराजित रहँदै ५ जित २ बराबरीका साथ ६ अंक जोडेका हुन्। उनले २१७७ रेटिङ्ग पर्फोम गर्दै उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे ।  राजेन्द्र […]

August 26, 2024

धारा नेपालगन्ज म्याराथनअघि १० किमी नाइट रन हुने

नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगञ्ज म्याराथनको दशक उत्सवअघि ३ असोजमा नेपालमै पहिलोपटक १० किमी नाइट रन आयोजना हुने भएको छ। धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालगन्ज १० किमी रात्रीदौड संविधान दिवस असोज ३ गते बिहिबार आयोजना हने बताइएको छ। राति ९ बजे स्थानीय बिपीचोकबाट दौड सुरु हुनेछ । एसोसियसन अफ […]

August 25, 2024

चन्दको संयोजकत्वमा भलिबल कभर्ड हल निर्माणको लागि उप समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा भलिबल कभर्ड हल निर्माणका लागि ३ सदस्यीय उप समिति गठन गरेको छ। सदस्य सचिव स्तरीय निर्णयले समिति गठन गरेको राखेपले जनाएको छ। उपसमितिको सदस्यहरूमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव रहेका छन्।‌ उप समितिले […]

August 25, 2024

एभरेस्ट महिला भलिबल लिग अर्को महिना हुने

काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) अर्को महिना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने आइतवार जानकारी दिएको छ। घरेलु र अन्तर्राष्ट्रिय खेलाडीको उपलब्धता र भलिबल क्यालेन्डरलाई‌ ध्यानमा राखेर मिति तय गरिएको बताइएको छ। इडब्लुभिएल ६ टोलीले मार्की खेलाडी, प्रशिक्षकसहित […]

Success

Thank you for your time.