August 24, 2024
मेचीनगर (हाम्रो खेलकुद)- छैटौं राष्ट्रिय एमेच्योर चेस प्रतियोगिताको दोस्रो दिन शनिवार २ हजार रेटिङ मुनिको खेलमा पूर्व नेपाल च्याम्पियन १९३७ रेटेड सिएम पुरुषोत्तम चौलागाईं र १८६२ रेटेड खेलाडी रिशोन थापाले समान ३ अंक जोड्दै शीर्ष स्थानमा रहेका छन् । नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब झापाको संयुक्त आयोजनामा जारी प्रतियोगितामा ३ चरणको समाप्तीमा पुरुषोत्तम […]
August 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले काभाका विभिन्न प्रतियोगितामा पदक जितेका टोलीलाई शनिवार नगदसहित पुरस्कृत गरेको छ। गत महिना नेपालले भुटानमा काभा बीच भलिबल च्याम्पियनसिपमा स्वर्ण, रजत, काठमाडौंमा भएको महिला भलिबल नेसन्स लिगमा रजत र माल्दिभ्समा भएको यु २० महिला भलिबल च्याम्पियनसिपमा कास्य पदक जितेको थियो। काठमाडौंमा काभा महिला भलिबल नेसन्स लिगको उप विजेता नेपाली […]
August 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जगदिशप्रसाद भट्टलाई भलिबलको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी दिइएको छ। काभाका विभिन्न भलिबल प्रतियोगिताका पदक विजेता खेलाडीलाई पुरस्कृत गर्न शनिवार आयोजित कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले भट्टलाई भलिबलको मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए। नयाँ जिम्मेवारीको पत्र भने आइतवार दिइने उनले बताए। भट्ट झण्डै ३ […]
August 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबल टेनिसमा एक पक्षको बहिष्कारका बाबजुद साधारण सभा तथा निर्वाचन हुने भएको छ । टेबल टेनिसको तदर्थ समितिका संयोजक रहेका चतुरानन्द राजवैधसहित निर्वाचन नगराउनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई निवेदन दिएका थिए । राखेपमा बुझाएको पत्रलाई आधार मान्दै एनओसीले आफ्नो प्रतिनिधि नपठाउने जानकारी दिएको […]
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- जापानको फुकुओकामा आठौं समर कप २०२४ फुटसल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ। नेपाली समुदायको श्री गणेश खुकुरी एफसीको आयोजना मा भदौ २२ गते प्रतियोगिता हुने आयोजक संस्थाका प्रदीप राईले जानकारी दिए। प्रतियोगिता डिनोज क्लबमा हुनेछ। विजेताले उपाधिसहित ५ लाख ११ हजार १ सय ११ जापानिज यान र दोस्रो हुने टोलीले […]
August 23, 2024
मेचीनगर (हाम्रो खेलकुद)- नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब, झापाको संयुक्त आयोजनामा छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता शुक्रवार सुरु भएको छ। काँकडभिट्टा स्थित होटल व्यवसायी संघ मेचिनगरको सभाहलमा चार दिन सम्म चल्ने चेस खेलमा समूह ‘क’मा २ हजार रेटिङ मुनिका २६ जना राष्ट्रिय एमेच्योर खेलाडी रहेको आयोजकले जनाएको छ। समूह ‘ख’ मा १७ सय […]
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघले उपप्रधान मन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनलाई शुक्रवार स्वागतसहित बधाई दिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको केन्द्रीय डोजोमा आयोजित कार्यक्रममा कराते महासंघका महासचिव दावा गुरुङले उनीहरुलाई बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना […]
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङलाई राइट पाथ कन्सल्टेन्सी ग्रुपले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राइट पाथका प्रमुख कार्यकारी अधिकृत एवं एफएनसीसीआईका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, एरिका र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार राइट पाथले एरिकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन, […]
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक्स खेलेका खेलाडीलाई नेपाल ओलम्पियन संघ (एनओए) ले शुक्रवार स्वागत गरेको छ। एनओएका अध्यक्ष दीपक बिष्टसहित केन्द्रिय समितिका पदाधिकारी र सदस्यले उनीहरूलाई स्वागत गरेका थिए। नेपाली ओलम्पियन एनओएको स्वत:सदस्य हुनेछन्। पेरिस ओलम्पिक्समा नेपालका ७ खेलाडीले भाग लिएका थिए। छनोट चरण पार गरेका टेबलटेनिस स्यान्टु श्रेष्ठसहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ […]
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन साक्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार एक कार्यक्रममाझ मनोनयन सार्वजनिक गरेको हो । अवार्डका लागि क्रिकेटका गुलशन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट, फुटबलकी प्रिती राई तथा रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा रहेका छन् । […]