default_image

2 years ago

December 20, 2021

ग्रेड विवाद : क्यानको कमजोरीमा खेलाडीको जुहारी

भुपेन्द्र जिसी, काठमाडौं कुनै पनि क्रिकेट संघ र बोर्डले केन्द्रिय खेलाडी सम्झौता गर्नेक्रममा पछिल्लो एक वर्षको प्रर्दशनलाई आधार मान्ने गर्दछन् । उत्कृष्ट प्रर्दशन गरेका खेलाडी बढुवा हुँदा कमजोर प्रर्दशन गरेका खेलाडी घटुवा हुन्छन् । ग्रेडमा नाम होईन प्रदर्शन नै हेरिन्छ । घटुवा भएको बढुवा हुन र बढुवा भएको खेलाडीले सोही ग्रेडमा रहन कडा मेहनत गर्नुपर्ने […]

108 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

कुनै पनि क्रिकेट संघ र बोर्डले केन्द्रिय खेलाडी सम्झौता गर्नेक्रममा पछिल्लो एक वर्षको प्रर्दशनलाई आधार मान्ने गर्दछन् । उत्कृष्ट प्रर्दशन गरेका खेलाडी बढुवा हुँदा कमजोर प्रर्दशन गरेका खेलाडी घटुवा हुन्छन् । ग्रेडमा नाम होईन प्रदर्शन नै हेरिन्छ ।

घटुवा भएको बढुवा हुन र बढुवा भएको खेलाडीले सोही ग्रेडमा रहन कडा मेहनत गर्नुपर्ने हुन्छ । जसले खेलाडीमा एक अर्काबीच प्रतिस्पर्धा, हौसला र मनोबल बढ्ने हुँदा टोलीको नतिजा राम्रो हुने सम्भवना रहन्छ । तर नेपालमा ग्रेडको शैली र महत्व ठ्याक्कै उल्टो छ । ग्रेडबाट सुरु भएको विवादले नेपाली क्रिकेटमा अहिले ठूलो रुप लिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्लको कप्तान र दीपेन्द्रसिंह ऐरीको उपकप्तान पदनै खोस्यो । दीपेन्द्र, ज्ञानेन्द्र, सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासनको कारण देखाउँदै २०२२ को सुरुवाती ६ महिनामा ग्रेड मै नराख्ने निर्णय गर्यो । स्पिनर सन्दीप लामिछानेलाई कप्तानी दिने निर्णय लिएको छ । क्यानको यहिँ निर्णय नेपाली क्रिकेटमा अहिले ठूलो भुकम्प ल्याएको छ ।

क्यानले २०२१ सकिन लाग्दा खेलाडीसँग ग्रेडको सम्झौता गरेको थियो । यो क्यानको ठूलो कमजोरी थियो । ग्रेड देखाउनको लागि सार्वजनिक गर्ने होईन । क्यानले २०२१ को अन्तिम ६ महिना ग्रेड दुई महिनाअघि खेलाडीसँग सम्झौता गर्यो । २०२१ को सुरुवाती ६ महिना सार्वजनिक गर्न नसकेर २०२० को लाई नै आधार मानेर तलव दिएको थियो । क्यानको लागि यो कमजोरी सामान्य लाग्ला । तर कुनै खेलाडीको लागि भने ठूलो मार पर्नसक्छ ।

२०२१ को अन्तिम ६ महिना ग्रेड औपचारिक रुपमा सार्वजनिक गर्न नसकेपनि क्यानले खेलाडीलाई क्यान कार्यालय बोलाएर सम्झौतामा हस्ताक्षर गराएको थियो । विश्व क्रिकेटमा ग्रेड वर्षको सुरुवातमै सार्वजनिक गरिन्छ ।

खेलाडीले ग्रेड विभाजनमा असन्तुष्टि जनाए । आन्तरिक छलफलविनै मिडियामा गएर बोलेको भन्दै क्यानले स्पष्टीकरणनै सोध्यो । खेलाडीले पनि ११ बुँदे मागसहित क्यानसँग उल्टै स्पष्टीकरण मागेपछि विवाद झन बढेको थियो । क्यानले खेलाडी मिडियामा गएर बोलेको भरमा मात्र कारबाही नगरेको बताउँदै आएको छ । मिडियामा गएपछि जसरी खेलाडी प्रस्तुत भए त्यसपछि कारबाही गर्न बाध्य भएको थियो ।

राष्ट्रिय टोलीको नेतृत्व परिवर्तनमा भने क्यानले हतार गरेको छ । क्रिकेटमा नेतृत्वको अहम भूमिका हुन्छ । अनुभव, क्षमता, सिनियर, घरेलु क्रिकेट र उमेर समूहमा कप्तानी क्षमता, पूर्व कप्तान, प्रशिक्षक तथा सिनियर खेलाडीको सल्लाहमा नेतृत्व परिवर्तन गुर्नपर्ने हो । तर क्यानले सिधैं सन्दीपलाई नेतृत्व दियो । सोमपाल कामी, दीपेन्द्र हुँदै सन्दीपलाई नेतृत्वको दाबेदार देखिन्थे । त्यसैपनि गुटपगुटले भित्रभित्र सकिँदै गएको नेपाली क्रिकेट नेतृत्व परिवर्तनले झन् समस्या निम्त्याउन सक्छ । कारबाही भन्दा नेतृत्व परिवर्तनमा बढी असन्तुष्टि देखिन्छ ।

क्यान भन्दा खेलाडीमाथि हुन सक्दैनन् । पछिल्लो गतिविधिले खेलाडी क्यानभन्दा माथि हुन खोजेको देखिन्छ । अनुशासनको विषयमा खेलाडीले ठूलो मूल्य चुकाउन र कारबाही भोग्नुपर्ने हुन्छ ।

उदाहरणका लागि धेरै टाढा जानु पर्दैन । गत जुनमा श्रीलंका क्रिकेट बोर्डले आफ्ना प्रमुख तीन ब्याटर कुशल मेन्डिस, निरोशन डिक्कवेला र दुनुष्का गुणाथिलकालाई कोरोना बायो बबल उल्लंघन गर्दै होटल बाहिर गएकै कारण एक वर्ष नै अन्तर्राष्ट्रिय क्रिकेटबाट प्रतिबन्ध लगायो । टि२० विश्वकपको मुखमा प्रमुख तीन ब्याटरलाई प्रतिबन्ध लगाउनु सामान्य कुरा होईन । खेलाडीले पनि सहज स्वीकार गरे । कुनै राजनीति गरेनन् ।

श्रीलंकाले टि२० विश्वकपमा उत्कृष्ट प्रभाव छाड्यो । कुनैपनि टोली एक दुई खेलाडीमा रोकिदैन । त्यसै महिना इंग्ल्यान्डका तीव्र गतिका बलर ओली रोविन्सन झण्डै आठ वर्ष अघिको फेसबुक स्टाटसको कारण न्युजिल्यान्डसँगको दोस्रो टेस्ट गुमाए । अनुशासन भन्दा कुनैपनि खेलाडी र खेल माथि हुन सक्दैन ।

अनुशासन सबैले पालना गर्नुपर्छ । केहि खेलाडीको समूह आफूलाई क्यानभन्दा माथि हुन चाहन्छन् । क्यान निलम्बनमा जसरी आफ्नो राज गर्न खोजेका छन् । तर क्यान आएपछि सम्भव छैन । हुनु पनि हुँदैन । त्यो आशा गर्नु नै मुर्खता हो ।

केहि खेलाडीहरु क्यानलाई लगातार आलोचना गर्दै विवादमा पार्न चाहन्छन् । त्यसै प्रयासस्वरुप ग्रेड विवादको रुपमा खेलाडी प्रयोग गर्न खोजेको आरोप पनि लाग्दै आएको छ । खेलाडीको काम खेल्ने हो । राजनीति र अरुलाई बदनाम पार्न खोज्ने होईन । देश नै खेलाडीको लागि पहिलो प्राथमिकता हो । देखिने भन्दा नदेखिने शक्तिले नेपाली क्रिकेट बढी बिगारेका छन् । फेरि निलम्बनमा पार्ने शक्ति सक्रिय छन् ।

टि२० विश्वकप ग्लोबल छनोट आउन तीन महिना भन्दा कम समय छ । टि२० राष्ट्रिय प्रतियोगिता हुने हो वा होईन टुङ्गो छैन । क्यानले मंगलबारदेखि पोखरामा बन्द प्रशिक्षणमा राख्ने जनाएको छ । ती चार खेलाडीलाई क्यानले खेलमा प्रतिबन्ध लगाएको छैन । खेलाडीहरुले पत्रकार सम्मेलन गर्दै आफ्नो कारबाहीमा पूनर्विचार नभएसम्म नखेल्ने संकेत दिएका छन् । खेलाडीको लागि देशभन्दा ठूलो अरु छैन । देश ठूलो हो भने खेलाडीले यी समस्या सबै त्यागेर विश्वकप तयारीमा लाग्नुपर्छ ।

चतुरबहादुर चन्द अध्यक्षको नेतृत्वमा आएको दुई वर्ष र पूर्व कप्तान विनोद दास क्रिकेट म्यानेजरमा आएको एक वर्ष पूरा भएको छ । तर देखिने गरि केहि काम गर्न सकेका छैनन् । क्यानको तारिफ योग्य काम निकै कम र आलोचना बढी छन् । क्यानले आलोचनाबाट पाठ सिकेर अघि बढ्नुपर्छ ।

सुरुमा क्यानले ग्रेड समयमै गर्न सकेको भय सायद यो समस्या नै आउने थिएन । २०२२ को ग्रेड २०२१ को प्रदर्शनलाई हेरेर गर्ने हो । विश्वमा कहिपनि त्यहि वर्षको प्रदर्शनलाई आधार मानेर ग्रेड सार्वजनिक गरिदैन । ग्रेडमा क्यानले निस्वार्थ भावनाका साथ समयमै सार्वजनिक र सम्झौता गर्नुपर्छ । सहि र न्यायपूर्ण छ भने सार्वजनिक गर्न खुट्टा कमाउनु हुँदैन ।

यो समय त क्यानले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्नुपर्ने हो । एनपिएल चर्चा भन्दामाथि उठ्न सकेको छैन । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता समूहमा होईन लिगमा गर्न ध्यान दिनुपर्ने हो । अनि मात्र असली प्रतिभा बाहिर आउने थिए । ग्रास रुटमा उच्च लगानी र विकास, हरेक जिल्लामा क्रिकेट विकास कार्यक्रम, उमेर समूह यू–१५, यू–१६, यू–१९ लगातार प्रतियोगिता, स्कुल, कलेज र क्लब क्रिकेट लगातार हुनुपर्ने हो ।

टेस्ट सपना देखेको नेपालले कम्तिमा डे क्रिकेट, अन्तर्राष्ट्रिय सिरिजमा निरन्तर सिरिज, युवा खेलाडीलाई विदेश भ्रमणको व्यवस्था गर्नुपर्ने हो । नेपाल ए र बी टोली निर्माण गर्दै उच्च प्रतिस्पर्धा र राष्ट्रिय क्रिकेट एकेडेमी खोल्नुपर्ने हो । स्तरिय क्रिकेट पिच र मैदान कम्तिमा ७ प्रदेशमा एक एक हुनुपर्ने हो । क्यानले गर्नुपर्ने धेरै छन् । तर त्यहिँ कमजोरी देखाएर क्यानलाई नै निलम्बन पार्न खोज्नेको कमि पनि छैन ।

तर यतिबेला भने सबैको ध्यान ग्लोबल छनोटमा हुनुपर्ने हो । तर खेलाडी कारवाहीको कुराले नेपाली क्रिकेट अलमलिएको छ । विवादले राजनीति रुप लिएको छ । क्यानका अध्यक्ष चन्दलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर यस समस्या बारे पून विचार गर्न निर्देशन दिएका छन् । तर क्रिकेटबाट राजनीतिलाई सधैं टाढा राख्नुपर्छ ।

राजनीतिको कारण २०१६ मा क्यान निलम्बनमै परेको थियो । निलम्बनपछिको अवस्था कस्तो थियो क्रिकेट बुझ्ने सबैलाई थाहा नै छ । केहि समूह फेरि यस्तै यस्तै विवादबाट पुन क्यानलाई निलम्बन गराउँदै आफ्नो स्वार्थ लुट्न चाहन्छन् । धेरैले यो कुरा बुझ्न सकेका छैनन् ।

क्यान यी सबै कुराबाट चनाखो हुँदै अघि बढ्नुपर्छ । अरु भन्दापनि ग्लोबल टि२० विश्वकप छनोटको तयारी धेरै ढिला भएको छ । सबै पक्ष एकजुट भएर ग्लोबल छनोटमा ध्यान दिन आवश्यक छ ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.