2 hours ago
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्।
दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्।
आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका थिए।
दुबईको आईसीसी एकेडेमी ‘ए’ मैदान मा आज वर्षाले प्रभावित सेमिफाइनलमा भारतले श्रीलंकालाई १८ ओभरमै १ सय ३९ रनको लक्ष्य पछ्याउँदै २ विकेट गुमाउँदै सहज जित निकाल्यो।
भारतका कप्तान आयुष म्हात्रे र ओपनर वैभव सूर्यवंशी सुरुमै आउट भए पनि विहान मल्होत्रा र आरोन जर्ज ले उत्कृष्ट ब्याटिङ गरे। दुवैले अर्धशतक प्रहार गर्दै अविजित १ सय १४ रनको साझेदारी गरे ।
त्यसअघि २० ओभरमा सीमित खेलमा श्रीलंकाले ८ विकेटमा ८ विकेटको नोक्सानीमा १ सय ३८ रन बनाएको थियो। श्रीलंका एक समयमा ६ विकेट गुमाएर ८४ रन जोड्दै संकटमा परेको थियो।
चामिका हीनतिगाला र सेथ्मिका सेनेविरत्ने बीचको सातौँ विकेटका लागि ४० बलमा ५२ रनको साझेदारी गरे। तर त्यो स्कोर भारतका लागि चुनौतीपूर्ण बन्न सकेन।

अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो। वर्षाका कारण २७ ओभरमा घटाइएको खेलमा बंगलादेश १ सय २१ रनमै अलआउट भयो।
त्यसपछि पाकिस्तानले ६३ बल बाँकी रहँदै २ विकेट गुमाएर १ सय २२ रनको लक्ष्य पूरा गर्यो। पाकिस्तानी ओपनर समिर मिनहासले नटआउट अर्धशतक पूरा गरे। ५७ बल खेलेका उनले ६ चौका र २ छक्कासहित ६९ रन बनाए।
दुबईमा वर्षा र भिजेको आउटफिल्डका कारण दुबै सेमिफाइनल खेल प्रभावित भएका थिए। तर मौसम सुधारिएपछि खेल सम्भव भयो।
समूह चरणमा भारतले पाकिस्तानलाई हराएको थियो। नेपाल भने समूह चरणमा बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग पराजित भएको थियो।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]