4 years ago
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अनुशासनको कारण पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई कारवाही गरेपछिको तरंगले राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण प्रभावित हुने भएको छ ।

बुधबार क्यान बोर्ड बैठकले मंगलबारदेखि पोखरामा राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु हुने जनाएको थियो । तर ज्ञानेन्द्रको कप्तान र दीपेन्द्रको उपकप्तान पद गुमेको थियो । त्यसै यी दुई खेलाडीसँगै सोमपाल र कमललाई २०२२ को सुरुवाती ६ महिनामा ग्रेडमा नराख्ने निर्णय लिएपछि केहि क्रिकेट खेलाडीको समूहले विरोध जनाउँदै आएका छन् । शुक्रबार उक्त चार खेलाडीले पत्रकार सम्मेलन गर्दै कारबाहीको निर्णयमा पुन विचार गर्न आग्रह गरेका थिए ।
क्यानका क्रिकेट म्यानेजर विनोद दासको अनुसार बन्द प्रशिक्षण मंगलबार देखि नहुने नश्चित भएको छ । खेलाडी विवाद र प्रशिक्षक पुबुदु दसानायके नेपाल आउन केहिदिन ढिलो हुने भएपछि बन्द प्रशिक्षणपनि ढिलो हुने भएको छ ।
पछिल्लो पटक डेभ ह्वाटमोरलाई टुरिस्ट भिसामा बोलाउँदा पछि वोर्क पर्मिटको लागि गाह्रो भएको थियो । ‘हामीले सबै प्रक्रिया मिलाएका छौं । सोमबार पठाउने छौं । हामीले लक्ष्य शुक्रबार देखि आइतबारसम्म आउने हुनेछ’, प्रशिक्षक नेपाल आउने विषयमा विनोदले, ‘बन्द प्रशिक्षणबारे प्रशिक्षकसँग छलफल भएको छ । वहाँले म आउन सम्म रोकौं भन्ने कुरा भएको छ । खेलाडीहरुबाट पनि केहि कुराहरु आएको छ । सायद दुई देखि चारदिनपछि धकेलिन सक्छ ।’
‘पछिल्लो विवाद बारे एकपटक बसेर छलफल गर्दा राम्रो हुन्छ । पछि क्याम्प बोलाएर प्रशिक्षक पनि नआएको अवस्थामा झन् लथालिङ्ग होला कि भन्ने डर छ’, उनले भने ।

खेलाडीलाई कारबाही विषय अव के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यो बोर्डको निर्णय हो । त्यो विषयमा हामी छलफल चाँडै गर्नेछौं । सबै सकरात्मक हुनहुन्छ ।’
नेपालले फेब्रुअरीमा ओमानमा आइसिसी टि२० ग्लोबल विश्वकप छनोट खेल्नेछ । आठ टोली सम्मिलित ग्लोबल टि२० विश्वकप ए छनोटमा नेपाललाई अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउन शीर्ष दुईमा रहनुपर्छ । नेपाल, आयरल्यान्ड, ओमान र युएई प्रमुख दाबेदार छन् । उक्त प्रतियोगिता सुरु हुन तीन महिना भन्दा कम समय हुँदा पनि टि २० राष्ट्रिय प्रतियोगिता टुङ्गो लगाउन सकेको छैन ।
‘सम्झौतामा राखेका खेलाडी सोझै बन्द प्रशिक्षणमा पर्छन् । त्यसपछि नयाँ खेलाडी खोज्ने हो । हामीसँग टि२० मात्र छैन, त्यो लगत्तै आइसिसी विश्वकप लिग २ को खेल पनि छ । टि२० र ओडिआई दुवै खेल भएको हुँदा हामीले प्रशिक्षकसँग पनि समन्वय गरेका छौं । राष्ट्रिय प्रतियोगिता गर्नुको मुख्य उदेश्य नयाँ खेलाडीलाई अवसर दिनु हो । त्यसलाई हामीले मिलाउन खोजिरहेका छौं । त्यहि भएर पनि हामी प्रशिक्षकसँग दैनिक सम्पर्कमा छौं,’ दासले भने ।
त्यसैमा उनले थपे, ‘प्रशिक्षकले एउटा सुझाव दिनु भएको छ । त्यसमा पनि हामीले छलफल गरिरहेका छौं । एकदिवसिय र टि२० राष्ट्रिय प्रतियोगिता गर्ने गरि काम गरिरहेका छौं’, दासले भने ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]