default_image

4 years ago

December 20, 2021

बिग ब्यासमा सन्दीपको कमजोर प्रदर्शन

203 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ को १५ औं खेलमा पर्थ स्कोचर्सबाट कमजोर प्रदर्शन गरेका छन् । सन्दीप सम्मिलित होबार्ट हरिकेन्सलाई पर्थ स्कोचर्सले १ सय ६८ रनको मध्यम लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको पर्थले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । पर्थका कर्टिस प्याटरसनले ४८ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७८ रनको योगदान दिए । मिचेल मार्श २१, कोलिन मुनरो ९ र एश्टन टर्नर १२ रनमा आउट भए । एश्टन अगरले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्नेक्रममा ११ बलमा ३ चौका र २ छक्कासहित ३० रनमा अविजित रहे ।

होबार्टका जोर्डन थोमप्सनले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । थोमस रोजर्सले २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३९ रन खर्चिदै विकेट विहीन बने ।


यस्तो रह्यो सन्दीपको चार ओभर


सन्दीपलाई होबार्टले पाँचौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले पहिलो ओभरमा १४ रन खर्चिए । सन्दीपलाई पहिलो बलमा नै मिचेल मार्शले डिप मिडविकेटमा छक्का प्रहार गर्दै सुरुवात गरे । दोस्रो बलमा सन्दीपले एक रन खर्चिए । तेस्रो बलमा सन्दीपलाई कर्टिस प्याटरसनले चौका प्रहार गरे । बाँकी तीन बलमा सन्दीपले एक एक रन खर्चिए ।

सातौं ओभरमा सन्दीपले राम्रो पूनरागमन गरे । कप्तान तथा विकेटकिपर म्याथ्यु वेडले कर्टिसलाई स्टम्पिङ गर्दा सन्दीप विकेट विहीन बनेका थिए । पहिलो बल कर्टिसलाई डट र दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा मिचेल मार्शले पनि एक रन बटुले । चौथो बलमा कर्टिस धेरै अघि सरेर सट खेल्नेक्रममा मिस भएपनि हेडले स्टम्पिङ गर्न चुकेका थिए । पाँचौं बलमा चौका र अन्तिम बलमा एक रन दिए ।

त्यसपछि सन्दीपलाई होबार्टले १२ औं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बल कोलिन मुनरोलाई लेग वाईको रुपमा एक रन दिए । दोस्रो बलमा कर्टिसले डिप मिडविकेटमा छक्का प्रहार गरे । तेस्रो बलमा एक रन, चौथो बलमा डट र पाँचौं बलमा एक रन खर्चिए । अन्तिम बलमा कर्टिसले नै सन्दीपलाई चौका प्रहार गर्दै महँगो ओभर सावित गरे ।

१८ औं ओभरमा सन्दीपले आफ्नो स्पेल सकाएका थिए । पहिलो बलमै एश्टन अगर ठूलो सट खेल्नेक्रममा टप एज लागेर एक रन बटुलेका थिए । दोस्रो बलमा लाहिरु इभान्सलाई एक रन दिए । तेस्रो बलमा दुई रन र चौथो बलमा एक रन खर्चिए । पाँचौं बल डट राखेका थिए । अन्तिम बलमा एक रनका साथ अन्त्य गरे ।

जारी बिग ब्यासमा सन्दीप चौथो खेल मध्य दोस्रोमा विकेट विहीन बनेका हुन् । पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १ विकेट लिएका थिए । सन्दीप दोस्रो खेलमा सिक्सर्ससँगनै विकेट विहीन बनेका थिए । तेस्रो खेलमा पर्थ स्कोचर्ससँग १ विकेट लिएका थिए । सुरुवाती चार खेलमा सन्दीपले कमजोर प्रदर्शन गरेका छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.