4 years ago
December 20, 2021
एजेन्सी – एशेज सिरिज अन्तर्गत दोस्रो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले इंग्ल्यान्डमाथि २ सय ७५ रनको सानदार जित हात पारेको छ । योसँगै पाँच टेस्ट खेलको एशेज सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता लिएको छ ।

४ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड अन्तिम दिन अन्तिम सेसनमा १ सय ९२ रनमा अल आउट भयो । इंग्ल्यान्डका क्रिस वोक्सले ९७ बलमा ७ चौकासहित सर्वाधिक ४४ रन बनाए । विकेटकिपर जस बटलर २ सय ७ बलमा २ चौकासहित २६ रनमा हिट विकेटका रुपमा आउट भए । तीव्र गतिका बलर झेय रिचर्डसनको बलमा बटलर हिटविकेटका रुपमा आउट भएपछि इंग्ल्यान्डको बराबरीको आशा समाप्त भएको थियो ।
ओपनर रोरी बन्र्स ९५ बलमा ५ चौका सहित ३४ रनमा आउट भए । हसिब हमिद शून्य, डेविम मलान २० र जो रुटलाई २४ रनमामा आउट भए । अष्ट्रेलियाका तीव्र गतिका बलर झेय रिचर्ड्सनले सर्वाधिक वाँच विकेट लिए । मिचेल स्टार्क र नाथन लायनले दुई दुई विकेट लिए ।
अष्ट्रेलियाले २३०-९ को अवस्थामा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा अष्ट्रेलियाले २ सय ३७ रनको अग्रता लिएको थियो । समग्रमा ४ सय ६७ रनको अग्रता लिएको थियो ।
अष्ट्रेलियाका मार्नस लाबुसेन र ट्रर्विस हेडले ५१-५१ रन बनाए । लाबुसेनले ९६ बलमा ६ चौका प्रहार गरे । हेडले ५४ बलमा ७ चौका प्रहार गरेका थिए । स्टिभ मिस्थ ६ र डेविड वार्नर १३ रनमा आउट भए । युवा अलराउन्डर क्यामरन ग्रिन ४३ बलमा ३३ रनमा अविजित रहे ।
इंग्ल्यान्डका जो रुट, डेविड मलान र ओली रोबिनसनले २-२ विकेट लिए । त्यसअघि इंग्ल्यान्ड पहिलो इनिङमा ८४.१ ओभरमा २ सय ३६ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका डेविड मलानले १ सय ५७ बलमा १० चौका सहित सर्वाधिक ८० रनको योगदान दिए । कप्तान जो रुट १ सय १६ बलमा ७ चौका प्रहार गर्दै ६२ रन बनाए ।

एक समय १२–२ को कमजोर अवस्थामा पुगेको इंग्ल्यान्डलाई तेस्रो विकेटका लागि मलान र रुटले १ सय ३८ रनको शतकीय साझेदारी गर्दै राम्रो पूनरागमन गराएका थिए । रुटलाई क्यामरन ग्रिनले स्टिभ स्मिथबाट क्याच गराएपछि अष्ट्रेलियाले खेलमा उत्कृष्ट पूनरागमन गरेको थियो । रुट आउट नहुनुअघि १५०–२ को बलियो अवस्थामा पुगेको इंग्ल्यान्डले बाँकी ८६ रन जोड्न ८ विकेट गुमाएपछि विशाल रनले पछि परेको थियो ।
बेन स्टोक्सले ९८ बलमा ३ चौका र १ छक्का प्रहार ३४ रन बनाए । क्रिस वोक्सले ४० बलमा ५ चौकासहित २४ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए । नाथन लायनले ३, क्यामरन ग्रिनले २ र माइकल नेसरले १ विकेट लिए ।
एडिलेड ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले पहिलो इनिङमा दोस्रो दिन अन्तिम सेसनमा १५०।४ ओभरमा ४७३–९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो। अष्ट्रेलियाका मार्नस लाबुसेनले ३ सय ५ बलमा ८ चौकासहित सर्वाधिक १ सय ३ रनको शतकीय इनिङ खेले ।

लाबुसेनको टेस्ट करिअरको छैटौं शतक हो । डेविड वार्नर १ सय ६७ बलमा ११ चौका सहित ९५ रनमा आउट भए । कप्तान स्टिभ स्मिथले २ सय १ बलमा १२ चौका र १ छक्कासहित ९३ रनको योगदान दिए । ओपनर मार्नस हरिस तीन रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि लाबुसेन र वार्नरले १ सय ७२ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । बेन स्टोक्सको बलमा स्टुअर्ट ब्रोडबाट क्याच भएपछि वार्नर शतक बनाउन पाँच रनले चुकेका थिए ।
लाबुसेनलाई ओली रोविन्सनले एलबीडब्लू आउट गरेका थिए । जेम्श एन्डरसनले एलबीडब्लू आउट गरेपछि स्मिथ शतक बनाउन सात रनले चुकेका थिए । विकेटकिपर एलेक्स केरीले १ सय ७ बलमा ५ चौका प्रहार गर्दै ५१ रनमा आउट भए । मिचेल स्टार्क ३९ बलमा ५ चौकासहित ३९ रनमा अविजित रहे ।
तल्लोक्रमका बलर माइकल नेसरले डेब्यू खेलमा २४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३५ रनमा आउट भए । इंग्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक तीन विकेट लिए । जेम्श एन्डरसनले दुई, स्टुअर्ट ब्रोड, क्रिस वोक्स, ओली रोविन्सन र जो रुटले एक एक विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया ९ विकेटले विजयी भएको थियो । तेस्रो टेस्ट २६ डिसेम्बरदेखि लर्ड्समा सुरुहुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]