4 years ago
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० प्रतियोगितामा नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् ।

समूह बी को पहिलो खेलमा एपीएफले प्रदेश नम्बर २ लाई ४८ रन र सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी सुरुवात गरेका हुन् । पहिलो खेलमा ९९ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ५० रन मात्र बनाउन सक्यो । हुस्सुको कारण खेल १५ ओभरमा झारिएको थियो ।
प्रदेश २ की मेलिना रायमाझीले २३ बलमा ३ चौकासहित सर्वाधिक २० रनको योगदान दिइन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपिएफकी सुष्मा श्रेष्ठले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । सोनु खड्का, रेखा रावल, करुणा भण्डारी, सीता रानामगरले १–१ विकेट लिए ।
फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपीएफले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै ९८ रन जोडेको थियो । एपीएफकी ओपनर ज्योती पाण्डेले २४ बलमा ३ चौकासहित सर्वाधिक २४ रनको योगदान दिइन् । इन्दु बर्मा २३ बलमा २ चौका प्रहार गर्दै २१ रनमा बोल्ड आउट भएकी थिइन् । रोमा थापा १४ र ममता चौधरी ११ रनमा आउट भइन् । प्रदेश २ की बिमला मगरले ३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिइन् । सन्तोषी चौधरी, अनुराधा चौधरी र रोजी कडारीले १–१ विकेट लिए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ थालेको गण्डकी १८ ओभरमा ३१ रनमा अल आउट भयो । पेम्लम्बु शेर्पाले सर्वाधिक ६ रन बनाइन् । अञ्जली विश्वकर्मा ४, बिन्दु मगर ३, शृष्टि जैसी ५ र कप्तान शीला क्षेत्री ३ रनमा आउट भइन् । सुदूरपश्चिम प्रदेशकी दीपा जोरा र कविता जोशीले २–२ विकेट लिए । ईश्वरी विष्ट र कविता कुँवरले १–१ विकेट लिए । ३२ रनको लक्ष्य सुदूरपश्चिमले २.१ ओभरमा पूरा गर्यो ।
सुदूरपश्चिमकी कविता जोशी ९ र शोभा रोकायाले ५ रन बनाए । गण्डकीले १९ रन अतिरिक्त दिएको थियो । गण्डकीकी मनिषा उपाध्यायले १ विकेट लिइन् ।
समूह ए बाट प्रदेश १ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगि सकेका छन् । मंगलबार प्रदेश १ र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । उक्त नतिजाले समूह विजेता र उपविजेता निर्धारण लाग्नेछ । एपिएफले बुधबार सुदूरपश्चिम र गण्डकीले प्रदेश २ सँग खेल्ने छ । सेमिफाइनल पुष १० र फाइनल पुष ११ गते हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]