default_image

2 years ago

December 20, 2021

सन्दीप सम्मिलित होबार्टको लगातार दोस्रो हार

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिग २०२१/२२ मा लगातार दोस्रो हार बेहोरेको छ । सोमबार होबार्ट पर्थ स्कोचर्ससँग ४२ रनले पराजित भएको थियो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २५ रन बनाउन सक्यो । होबार्टका तल्लोक्रमका विल पार्करले […]

79 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिग २०२१/२२ मा लगातार दोस्रो हार बेहोरेको छ । सोमबार होबार्ट पर्थ स्कोचर्ससँग ४२ रनले पराजित भएको थियो ।

१ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २५ रन बनाउन सक्यो । होबार्टका तल्लोक्रमका विल पार्करले १७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २५ रन बनाए । शीर्षक्रमका तीन ब्याटर म्याथ्यु वेड, डार्सी शर्ट र क्लेव ज्वेलले १३–१३ रन बनाए । नाथन एलिसले १५ बलमा २ चौका प्रहार गर्दै २० रन बनाए । सन्दीप लामिछाने ७ बलमा ८ रनमा अविजित रहे ।

पर्थका तीव्र गतिका बलर एन्ड्रयु टाईले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । एश्टन अगर र पिटर हत्जोग्लोले २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पर्थले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो। पर्थका कर्टिस प्याटरसनले ४८ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७८ रनको योगदान दिए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

मिचेल मार्श २१, कोलिन मुनरो ९ र एश्टन टर्नर १२ रनमा आउट भए । एश्टन अगरले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्नेक्रममा ११ बलमा ३ चौका र २ छक्कासहित ३० रनमा अविजित रहे । होबार्टका जोर्डन थोमप्सनले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । थोमस रोजर्सले २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३९ रन खर्चेपनि विकेट लिन सकेनन् ।

सन्दीपको चार ओभर

सन्दीपले पाँचौं ओभरमामा १४ रन खर्चिदै सुरुवात गरेका थिए । सन्दीपलाई पहिलो बलमा नै मिचेल मार्शले डिप मिडविकेटमा छक्का प्रहार गर्दै सुरुवात गरे । दोस्रो बलमा सन्दीपले एक रन खर्चिए । तेस्रो बलमा सन्दीपलाई कर्टिस प्याटरसनले चौका प्रहार गरे । बाँकी तीन बलमा सन्दीपले एक एक रन खर्चिए ।

सातौं ओभरमा सन्दीपले राम्रो पूनरागमन गरे । कप्तान तथा विकेटकिपर म्याथ्यु वेडले कर्टिसलाई स्टम्पिङ गर्दा सन्दीप विकेट विहीन बनेका थिए । पहिलो बल कर्टिसलाई डट र दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा मिचेल मार्शले पनि एक रन बटुले । चौथो बलमा कर्टिस धेरै अघि सरेर सट खेल्नेक्रममा मिस भएपनि हेडले स्टम्पिङ गर्न चुकेका थिए । पाँचौं बलमा चौका र अन्तिम बलमा एक रन दिए ।

त्यसपछि सन्दीपलाई होबार्टले १२ औं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बल कोलिन मुनरोलाई लेग वाईको रुपमा एक रन दिए । दोस्रो बलमा कर्टिसले डिप मिडविकेटमा छक्का प्रहार गरे । तेस्रो बलमा एक रन, चौथो बलमा डट र पाँचौं बलमा एक रन खर्चिए । अन्तिम बलमा कर्टिसले नै सन्दीपलाई चौका प्रहार गर्दै महँगो ओभर सावित गरे ।

१८ औं ओभरमा सन्दीपले आफ्नो स्पेल सकाएका थिए । पहिलो बलमै एश्टन अगर ठूलो सट खेल्नेक्रममा टप एज लागेर एक रन बटुलेका थिए । दोस्रो बलमा लाहिरु इभान्सलाई एक रन दिए । तेस्रो बलमा दुई रन र चौथो बलमा एक रन खर्चिए । पाँचौं बल डट राखेका थिए । अन्तिम बलमा एक रनका साथ अन्त्य गरे ।

जारी बिग ब्यासमा सन्दीप चौथो खेल मध्य दोस्रोमा विकेट विहीन बनेका हुन् । पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १ विकेट लिएका थिए ।सन्दीप दोस्रो खेलमा सिक्सर्ससँगनै विकेट विहीन बनेका थिए । तेस्रो खेलमा पर्थ स्कोचर्ससँग १ विकेट लिएका थिए । सुरुवाती चार खेलमा सन्दीपले कमजोर प्रदर्शन गरेका छन् ।

सुरुवाती चार खेल मध्य तीन खेलमा होबार्ट पराजित भएको छ । कमजोर ब्याटिङको कारण हार बेहोर्दै आएको छ । होबार्ट पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा सिड्नी सिक्सर्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ४४ रनले पराजित गरेको थियो । पर्थ स्कोचर्ससँग पहिलो खेलमा ५३ रनले पराजित भएको थियो । होबार्टले पाँचौं खेलमा मेलबर्न स्टार्ससँग खेल्नेछ ।

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

May 2, 2024

नेपालले टस हार्यो, पहिला बलिङ गर्दै 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग […]

Success

Thank you for your time.