default_image

4 years ago

December 20, 2021

खेलाडी र क्यान विवादप्रति सिप्यानको ध्यानाकर्षण

253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले नेपाल क्रिकेट संघ (क्यान) चार खेलाडीबीचको पछिल्लो विवाद बारे ध्यानाकर्षण जनाएको छ । सिप्यानका महासचिव पारस खड्का र अध्यक्ष मनिषराज पाण्डेले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी र क्यान विवादबारे ध्यानाकर्षण भएको जनाएको छ ।

‘खेलाडीहरुले आफ्नो भावना तथा आवाजहरु अगाडि राख्न खोज्दा उक्त मागहरु उचितरुपमा सम्बोधन गर्नुको सट्टा खेलाडीमाथि नै गरेको कारबाहीले क्रिकेट विकासमा अवरोध पुग्ने सिर्जना भएको छ । वर्गीकरण जस्तो महत्वपूर्ण विषयवस्तुलाई पारदर्शीरुपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ । त्यसैमा थपिएको छ, वर्गीकरण त्रुटिरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता पुन : दोहोर्याउन आवश्यक देखिन्छ ।’

सिप्यानले क्यान र खेलाडीबीचको तिक्तता मेटाई नेपाली क्रिकेटको भलो हुने कदम उठाउन आग्रह गरेको छ । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरी क्यानको २०२१ अन्तिम ६ महिना ग्रेडबारे एक मिडियामा गएर बोलेको भन्दै कारबाही गरेको थियो ।

क्यानले त्यसपछि दुई पटक स्पष्टीकरण सोधेपनि चित्त बुझ्दो जवाफ नआएपछि र खेलाडीहरुले नै उल्टै ११ बुदे माग राख्दै पत्र लेखेपछि अन्तिममा क्यानले अनुशासन देखाउँदै कारबाही गरेको थियो । ज्ञानेन्द्रको कप्तान र दीपेन्द्रको उपकप्तान पद खोसेको थियो । यी दुई खेलाडीसँगै सोमपाल र कमललाई २०२२ को सुरुवाती ६ महिना ग्रेड मै नराख्ने जनाएको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.