default_image

4 years ago

December 21, 2021

प्रदेश १ समूह विजेता

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा साविक विजेता प्रदेश नम्बर १ समूह ए को विजेता बनेको छ । प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले हराउँदै समूह विजेता बनेको हो ।

फाल्पा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो । प्रदेश १ की अप्सरी बेगमले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन बनाइन् । ओपनर काजल श्रेष्ठ ४८ बलमा ४ चौकासहित ४० रन र रुविना क्षेत्री १५ रनमा आउट भइन् । लुम्बिनी प्रदेशकी सरस्वती पुन, मधु डिसी र नेरी थापाले १–१ विकेट लिए ।

१ सय १५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ४७ रन बनायो । लुम्बिनीका सरस्वती पुन र नितु भण्डारीले ९–९ रन बनाए । लक्ष्मी चौधरी ८ रनमा आउट भइन् । प्रदेश १ की रुविना क्षेत्रीले ४ ओभरमा १ मेडन सहित ४ रन खर्चेर ३ विकेट लिइन् । अलिसा खडिया २ र संगिता राईले १ विकेट लिए ।

समूह ए को अन्तिम खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७९ रनले हराउँदै प्रतियोगिता अन्त्य गर्यो । टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । ओपनर कञ्चन श्रेष्ठले ६१ बलमा १ चौकासहित सर्वाधिक ४७ रन बनाइन् । हेलिसा गुरुङले ३० बलमा २ चौकासहित २५ रन जोडिन् । सुमन खतिवडा २ र कञ्चन श्रेष्ठ १६ रनमा आउट भइन् । कर्णालीको दिव्या धामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन् । अन्जली क्षेत्रीले २ र निसा पराजुलीले १ विकेट लिए ।

१ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा ५१ रनमा अल आउट भयो । कर्णालीको लक्ष्मी रिमालले ३५ बलमा १ चौकासहित १४ रन बनाइन् । बागमतीको विपशा शाहीले ३.३ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिईन् । आरती बिडारीले ३, सोनी पाख्रिन, खुशी डंगोल र केनुका बस्नेतले १–१ विकेट लिए ।

प्रदेश एक ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्यो । लुम्बिनी प्रदेश ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । बागमती प्रदेश ३ खेलमा १ मा जित र २ मा हार सहित तेस्रो र कर्णाली जित बिहीन हुँदै बाहिरियो । समूह बी मा एपिएफ, प्रदेश २, गण्डकी र सुदूरपश्चिम छन् । सेमिफाइनल पुष १० र फाइनल पुष ११ मा हुनेछ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.