default_image

4 years ago

December 22, 2021

दुईवर्ष देखि शतक विहीन कोहली

215 views

0 Bookmark

एजेन्सी – भारतीय टेस्ट क्रिकेट टोलीका कप्तान तथा वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटर विराट कोहली दुई वर्षदेखि शतक विहीन छन् ।

भारत तीन टेस्ट सिरिजको लागि दक्षिण अफ्रिका भ्रमणमा छ । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट २६ डिसेम्बरदेखि सुपर स्पोर्ट्स पार्कमा सुरु हुनेछ । दक्षिण अफ्रिकाविरुद्ध सिरिजमा भारतीय कप्तान विराट कोहलीको सोच शतकको खडेरी तोड्ने हुनेछ । कोहलीले टेस्टमा पछिल्लो पटक २०१९ नोभेम्बर २२ मा कोलकातामा बंगलादेशविरुद्ध १ सय ३६ रनको शतकीय इनिङ खेलेका थिए ।

त्यसपछि कोहलीले टेस्टमा शतक प्रहार गर्न सकेका छैनन् । कोहलीलाई शतकमा खडेरीनै लागेको छ । कोहलीले ओडिआईमा शतक प्रहार नगरेको दुई वर्ष भन्दा बढी भएको छ । पछिल्लो पटक कोहलीले २०१९ अगष्ट तेस्रो साता वेस्टइन्डिजविरुद्ध शतकीय इनिङ खेलेका थिए । त्यसयता कोहली ओडिआईमा शतक विहीन छन् । टि२० आई क्रिकेटमा कोहलीले हालसम्म शतक प्रहार गर्न सकेका छैनन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान कोहलीले पछिल्लो पटक २०१९ मा कोलकता नाइट राइडर्सविरुद्ध शतक प्रहार गरेका थिए ।

२०२१ मा कोहलीले १० टेस्ट खेलमा ४ अर्धशतकसहित कुल ४ सय ८३ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन ७२ रन छ । भारतले २०२१ को अन्तिम खेल २६ डिसेम्बरमा दक्षिण अफ्रिकासँग पहिलो टेस्ट खेल्नेछ । भारतीय क्रिकेट टोलीका कप्तान कोहलीको नजर दुई वर्षदेखि रहेको शतकको खडेरी तोड्ने हुनेछ । भारतले विराट कोहलीलाई टि२० आई र ओडिआई दुबै टोलीको कप्तानबाट हटाएको छ । टेस्ट कोहलीलाई उत्कृष्ट प्रदर्शनको दवाव पनि छ ।

इंग्ल्यान्डका कप्तान जो रुट, पाकिस्तानका बाबर आजम र न्युजिल्यान्डका कप्तान केन विलियम्सनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अष्ट्रेलियाका स्टिभ स्मिथ र मार्नस लाबुसेनले पनि राम्रो प्रभाव जमाउँदै आएका छन् । त्यसले गर्दा कोहलीलाई शतकको दवाव झन धेरै देखिन्छ । कोहली टेस्ट वरीयतामा सातौं स्थानमा पुगेका छन् । जो रुट शीर्षस्थानमा छन् । ओडिआई वरियतामा पाकिस्तानका बाबर आजम शीर्षस्थान र कोहली दोस्रो स्थानमा छन् । ओडिआईमा शतक प्रहार गर्न नसकेपनि प्रदर्शन भने उत्कृष्ट रहँदै आएको छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.