default_image

4 years ago

December 22, 2021

रुट र स्मिथलाई पछि पार्दै लाबुसेन शीर्षस्थानमा

270 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका शीर्षक्रमका ब्याटर मार्नस लाबुसेन आइसिसी टेष्ट विश्व वरीयतामा पहिलो पटक शीर्षस्थानमा उक्लिएका छन् । लाबुसेनले टेस्टका स्टार ब्याटर स्टिभ स्मिथ र इंग्ल्यान्डका जो रुटलाई पछि पार्दै विश्व टेस्टका नम्बर वान् ब्याटर बनेका हुन् ।

तीन वर्षअघि टेस्टमा डेब्यू गरेका लाबुसेनले उत्कृष्ट प्रदर्शनका साथ नम्वर वान् ब्याटर बनेका हुन् । लाबुसेन ९ सय १२ रेटिङ अंकका साथ शीर्षस्थानमा छन् । रुटको ८ सय ९७ रेटिङ र स्मिथको ८ सय ८४ रेटिङ अंक छ । लाबुेसनले २० टेस्ट खेलमा ६ शतक र १२ अर्धशतकसहित कुल २ हजार १ सय १३ रन बनाएका छन् । औसत ६२.१४ छ ।

जारी एशेज सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि जो रुटलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएका हुन् । इंग्ल्यान्डसँगको पहिलो टेस्ट खेलमा लाबुसेनले ७४ रन बनाएका थिए । दोस्रो टेस्ट खेलमा पहिलो इनिङमा १ सय ३ र दोस्रो इनिङमा ५१ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

टेस्टको बलिङतर्फ भने अष्ट्रेलियाका प्याट कमिन्स र अलराउन्डरतर्फ वेस्टइन्डिजका जेसन होल्डर शीर्षस्थानमा छन् । टेस्टको बलिङर्फ मिचेल स्टार्कले चार स्थान सुधार गर्दै नवौं स्थानमा उक्लिएका छन् । त्यस्तै टि२० आईको नयाँ वरीयतामा पाकिस्तानका कप्तान बाबर आजम शीर्षस्थानमा फर्किएका छन् ।

बाबरले इंग्ल्यान्डका डेविड मलानलाई पछि पारेका हुन् । बाबर ओडिआई वरीयतामा शीर्षस्थानमा छन् । ओडिआई वरीयता बलिङतर्फ नेपालका सन्दीप लामिछाने भने ८२ औं स्थानमा छन् । टि२० आई वरियताको ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ५५ औं र ज्ञानेन्द्र मल्ल ९८ औं स्थानमा छन् । टि२० आई वरीयता बलिङतर्फ सन्दीप ८८ औं स्थानमा छन् । नेपाल टि२० आई वरीयतामा १२ औं र ओडिआईको १६ औं स्थानमा छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.