default_image

4 years ago

December 22, 2021

क्यानको कामप्रति ६ बोर्ड सदस्यकै असन्तुष्टि

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान)को कामप्रति बोर्डका ६ सदस्यले असन्तुष्टि जनाएका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै क्यानका ६ केन्द्रिय सदस्यले क्यान विधि पद्धती अनुसार नचलेको आरोप लगाएका छन् ।

क्यानका केन्द्रिय सदस्य छुम्बि लामा, अमितविर पाण्डे, ऋषिराम गौतम, मोहम्मद दाउद अन्सारी, करण महतरा र सञ्जयराज सिंहले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै क्यानको काम र निर्णय प्रति विरोध जनाएका छन् ।

कार्यसमितिको बैठकमा एजेण्डा वितरण नगरी आफू खुसी प्रस्तावहरु ल्याएर छलफल गर्ने, निर्णय पनि आफ्ना अनुकुलतामा लेख्ने तथा कतिपय निर्णयहरु छलफल नै नगरी गर्ने उल्लेख गर्दै उनीहरुले सदस्यहरूले समेत त्यस्ता निर्णयहरु प्रेस विज्ञप्तिमार्फत थाहा पाउनुपर्ने अवस्था बनेको आरोप लगाएका छन् ।

क्यानको पुष १४ र १५ गते धनगढीमा दोस्रो वार्षिक साधारण सभा हुँदै छ । तर विधान अनुसार २०७८ कात्तिकमा ४ वर्षे कार्यकाल समाप्त भएका २० जिल्लाको अधिवेशन हुन नसकेको स्मरण गराउँदै उनीहरुले ती जिल्ला अधिवेशन पछि मात्र केन्द्रिय अधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

कार्यसमितिको बैठक भएकै दिन निर्णयहरु नलेख्ने तथा एउटा बैठकको निर्णय अर्को बैठकमा समेत जानकारी नगराउँदा असहमति हुँदा हुँदैपनि आफ्ना धारणा राख्ने अवस्था बनेको छैन । तर क्रिकेट संघ जसरी चलेको छ यसले विधि र पद्दतिबाट चलेको छ कि नेतृत्वकर्ताको स्वेच्छाचारितामा भन्ने प्रश्न गम्भीर रुपमा उठ्दै आएको छ ।

संघमा कर्मचारी दरबन्दी कायम नगरी आफू खशी भर्ना गरेको र सो कर्मचारीको काम कर्तव्य तथा तलव सुविधाबारे कुनै निर्णय बारे जानकारी गराइएको छैन । प्रदेशमा प्रशिक्षक नियुक्त गर्दा लेभल वान प्रशिक्षक माग गरेकोमा प्रायजसो प्रशिक्षकहरुलाई नियुक्ति दिनकै लागि लेभल बानको प्रशिक्षक ट्रेनिंग दिलाई नियुक्ति दिएको तथा प्रदेश क्रिकेट संघसँग समन्वय नगरी नेतृत्वमा बसेकाहरुले भागवण्डाका आधारमा आ आफ्ना प्रदेशमा दुई दुईजना प्रशिक्षक नियुक्ति गरेको देखिन्छ ।

संघले हालसम्म वार्षिक क्यालेन्डर बनाउन सकेको छैन। हचुवाको भरमा राष्ट्रिय खेलकुद परिषद र महानगरपालिकाको कार्यक्रम अनुसारका सिमित प्रतियोगितामा रुमलिएके देखिन्छ । नेतृत्वमा आएको २ वर्ष बितिसक्दा पनि संघको नामको राष्ट्रिय प्रतियोगिता संचालन गर्न नसक्नु, संघको जनरल मेनेजर र क्रिकेट मेनेजरको नियुक्ति भएको १ वर्ष अवधिमा निजहरुबाट पदीय जिम्मेवारी अनुसार काम लिन नसकेको देखिन्छ । वि।स २०७६ आश्विन ११ गते भएको निर्वाचनमा निर्वाचित भए पश्चात नेतृत्व तहबाट नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता क्रिकेट संघले आफैले संचालन गर्ने प्रतिबद्धता गरेको थियो ।

तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथिको कारवाही अन्यायपूर्ण रहेको उल्लेख गर्दै गौतमले खेलाडीको वर्गिकरणका विषयमा प्रश्न गर्न पाउने उनीहरुको अधिकार भएको समेत बताएका छन् । ‘खेलाडीहरुले आफ्ना हक अधिकारको विषयमा बोल्न पाइन्छ । त्यो बाहेक उनीहरुले बोलेका छैनन्, त्यसमा यस्तो कारवाही गर्न उपयुक्त हुँदैन ‘गौतमले भने ।

क्यानले ज्ञानेन्द्रलाई कप्तान, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारीबाट हटाउनका साथै चार खेलाडीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्याक्टबाट ६ महिनाका लागि हटाउने निर्णय गरेको थियो । खेलाडीमाथिको कारवाहीका विषयमा बोर्डका सदस्यले नै फरक मत सार्वजनिक गरेका छन् ।
बोर्ड सदस्य लामाले खेलाडीमाथि अन्याय त भएकै छ त्यसबाहेक क्यानको काम कारवाही विधि सम्मत हुन नसकेकोले आफूहरुले आवाज उठाएको उनले बताए । बार्षिक साधारण सभा हुने अवस्था आएमा आफूहरु त्यहि पुगेर आफ्ना असहमति राख्ने पनि गौमले जानकारी दिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.