default_image

4 years ago

December 23, 2021

क्रिकेटर ललित झण्डै एक वर्ष मैदान बाहिर रहने

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले खुट्टाको घुँडामा चोटका कारण कम्तिमा ८ महिना मैदान बाहिर रहने भएका छन् । तीन साताअघि पुलिस एकेडेमीमा अभ्यासको क्रममा बायाँ खुट्टाको घुँडामा चोट लागेपछि उनी झण्डै एक वर्ष मैदान बाहिर रहने जानकारी दिए

ललित अहिले शल्यक्रियाको तयारी गरेका छन् । बि एण्ड बी र नर्भिक अस्पतालमा चिकित्सकको परामर्शपछि शल्यक्रिया गर्नुपर्ने ललितले जानकारी दिए । बायाँ हाते स्पिनर ललितले नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । ललितले पछिल्लो पटक एभरेष्ट प्रिमियर लिग (इपिएल) ललितपुर प्याट्रियटर्सबाट खेलेका थिए ।

२०१९ मा आइसिसी एकदिवसिय विश्वकप छनोट अन्तर्गत जिम्बावेविरुद्ध नेपालको लागि ललितले डेब्यू गरेका थिए । पछिल्लो पटक ललितले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्ध खेल खेलेका थिए । त्यसपछि ललित टोली बाहिर रहँदै आएका छन् । ललितले नेपालबाट ४ ओडिआई, १२ टि२० आई, १२ लिष्ट ए र १ प्रथम श्रेणीको खेल खेलेका छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.