4 years ago
December 23, 2021
एजेन्सी – घरेलु टोली अमेरिकाले पहिलो टि२० आई खेलमा आयरल्यान्डलाई २६ रनले पराजित गरेको छ । योसँगै दुई टि२० आई सिरिजमा अमेरिकाले १–० को अग्रता लिएको छ । फ्लोरिडामा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो ।

अमेरिकाका तल्लोक्रमका ब्याटर गजानन्द सिंहले ४२ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए । सुशान्त मोदानीले ३९ बलमा ३ चौका र १ छक्कासहित ५० रन जोडे । खराब सुरुवात गर्नेक्रममा एक समय ४.२ ओभरमा १६–४ को अवस्थामा पुगेको अमेरिकालाई गजानन्द र सुशान्तले पाँचौं विकेटका लागि १ सय १० रनको कीर्तिमानी शतकीय साझेदारी गरेपछि बलियो योगफलमा पुगेको थियो ।
टि२० आईमा पहिलो पटक अमेरिकाका ब्याटरले शतकीय साझेदारी गरेका हुन् । मार्टि केनले १५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३९ रनमा अविजित रहे । कप्तान मोनाक पटेल २, रयान स्कट ८ र जेभियर मार्शल ४ रनमा आउट भए ।
आयरल्यान्डका ब्यारी म्याकार्थीले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । आयरल्यान्डका शीर्षक्रमका ब्याटर लोर्कन टकरले ४९ बलमा ३ चौका र २ छक्कासहित ५७ रनमा अविजित रहे ।
ओपनर पल स्टर्लिङ १५ बलमा ६ चौका र १ छक्कासहित ३१ रनमा आउट भए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अमेरिका सौरभ नेत्रवालकार, निसर्ग पटेल र अली खानले २–२ विकेट लिए । आयरल्यान्डको टि२० आई खेलमा यो ऐतिहासिक जित हो । कुनैपनि टेस्ट टोलीलाई अमेरिकाले टि२० आईमा पराजित गरेको पहिलो पटक हो । दोस्रो टि२० आई खेल शुक्रबार विहान हुनेछ । अमेरिका र आयरल्यान्डबीच तीन ओडिआई खेलको सिरिज पनि हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]