4 years ago
December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । बिहीबार निर्णायक खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले हराउँदै समूह बी बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

धनगढीको फाल्पा क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । सुदूरपश्चिमकी विन्दु रावलले ४५ बलमा ४ चौका प्रहार गर्दै ५० रनमा अविजित रहिन् । रुवि पोद्दार २१, कविता जोशी १३, शोभा रोकाया, संगिता मोउनी १३ र डली भट्ट १५ रन बनाए । प्रदेश २ की बिमला मगरले २, अनुराधा चौधरी र साना प्रविनले १–१ विकेट लिए ।
१ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुुमाउँदै ५६ रन बनाउन सक्यो । प्रदेश २ की साना प्रविनले १४ र बिमला मगर १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमको स्पिनर लक्ष्मी साउद र कविता जोशीले २–२ विकेट लिईन् ।
समूह ए बाट प्रदेश १ विजेता र लुम्बिनी प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा पुगि सकेका छन् । समूह बी बाट नेपाल एपिएफ क्लब यसअघिनै सेमिफाइनलमा पुगेको थियो । एपिएफले अन्तिम खेलमा आज गण्डकीसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा एपिएफ विजेता र सुदूर उपविजेता हुनेछन् । सेमिफाइनल पुष १० र फाइनल पुष ११ मा हुनेछन् ।
प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, दोस्रो हुने टोलीले ३ लाख, प्लेयर अफ द सिरिज २५ हजार, बेष्ट बलर र ब्याटरले समान १५-१५ हजार पाउने छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]