default_image

4 years ago

December 23, 2021

प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनल समिकरण पुरा

224 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । विहीवार लिग चरणकको सम्पन्न खेलसँगै सेमिफाइनल समिकरण पुरा भएको हो ।

समूह ए बाट प्रदेश १ विजेता र लुम्बिनी प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा पुगेका थिए । समूह बी बाट नेपाल एपिएफ क्लब विजेता र सुदूरपश्चिम उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएका छन् । बिहीबार अन्तिम खेलमा एपिएफले गण्डकी प्रदेशलाई १ सय १७ रनले पराजित गर्दै अपराजित यात्राका साथ सेमिफाइनलमा स्थान बनायो ।

फाल्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । एपिएफकी ममता चौधरीले ३० बलमा ६ चौका सहित सर्वाधिक ४३ रन बनाइन् । सरिता मगर र रोमा थापाले २६–२६ रन बनाए । ज्योती पाण्डेयले २४, राजमती ऐरी ८ र करुणा भण्डारीले २ रन जोडिन् । गण्डकी प्रदेशका लागि मनिषा उपाध्यायले एक विकेट लिईन् ।

जितको लागि १ सय ५१ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ३३ रन मात्रै बनायो । गण्डकीका लागि शिला क्षेत्रीले सर्वाधिक ८ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक जोड्न नसकेको अवस्थामा १३ रन अतिरिक्त प्राप्त गरेका थिए । एपिएफका लागि करुणा भण्डारी र सुष्मा श्रेष्ठले समान २-२ विकेट लिए । सोनु खड्का, सुमन बिष्ट र सिता राना मगरको नाममा १–१ विकेट रह्यो । एपिएफले खेलमा नौं बलर प्रयोग गरेको थियो ।

शनिबार सेमिफाइनल र आईतबार फाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ए को विजेता प्रदेश १ र समूह बी को उपविजेता सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा एपिएफ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्ने छन् । प्लेयर अफ द सिरिजले २५ हजार, उत्कृष्ट बलर र ब्याटरले समान १५ हजार प्राप्त गर्नेछन् ।


अंक तालिका

समूह ए मा प्रदेश एक ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । लुम्बिनी प्रदेश ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । बागमती प्रदेश ३ खेलमा २ मा हार र १ मा जित सहित तेस्रो स्थानमा रहेर बाहिरियो । कर्णाली प्रदेश ३ खेलमा जित विहीन हुँदै बाहिरियो ।

समूह बी मा एपिएफ ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । सुदूर ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । प्रदेश २ ले ३ खेलमा २ मा हार र १ मा जित सहित तेस्रो स्थानमा रहेर बाहिरियो । गण्डकी ३ खेलमा जित विहीन हुँदै बाहिरियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.