4 years ago
December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका ६ बोर्ड सदस्यले वार्षिक साधारण सभा रोक्न भन्दै उजुरी दर्ता गरेपछि पुष १४ र १५ गर्ते धनगढीमा हुने तय भएको क्यान साधारण सभा स्थगित भएको हो ।

बिहीबार बसेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाअध्यक्ष रोशनसिंह, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र केन्द्रिय सदस्य दुर्गाराज पाठकले खेलकुद मन्त्री मरेश्वर जंग गहतराजबीचको छलफलले स्थगित गर्ने निर्णय गरेको हो ।
‘साधारण सभाको विषयमा उझुरी परेपछि खेलकुद मन्त्रीसँग छलफल भएको थियो । चुनाव गर्न बाँकी रहेका २० जिल्लामध्य केहिले पछि गरौं भन्ने अनुरोध पनि गरेका छन् । अव राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को समन्वयमा बोर्डले पछि नयाँ मिति तय गर्ने छ’, कार्यकाहक सचिव पशान्तले हाम्रो खेलकुदसँग भने ।
बुधबार क्यानका केन्द्रिय सदस्य छुम्बि लामा, अमितविर पाण्डे, ऋषिराम गौतम, मोहम्मद दाउद अन्सारी, करण महतरा र सञ्जयराज सिंहले संयुक्त रुपमा पत्रकार सम्मेलन वार्षिक साधारण सभा रोक्न माग पनि गरेका थिए । उक्त ६ बोर्ड सदस्यले क्यान विधि पद्धती अनुसार नचलेको आरोप लगाउँदै आफू खुसी प्रस्तावहरु ल्याएर छलफल गर्ने, निर्णय पनि आफ्ना अनुकुलतामा लेख्ने तथा कतिपय निर्णयहरु छलफल नै नगरी गर्ने उल्लेख गर्ने अरोप लागाएका थिए ।
विधान अनुसार २०७८ कात्तिकमा ४ वर्षे कार्यकाल समाप्त भएका २० जिल्लाको अधिवेशन हुन नसकेको स्मरण गराउँदै उनीहरुले ती जिल्ला अधिवेशन पछि मात्र केन्द्रिय अधिवेशन गर्नुपर्ने माग गरेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]