default_image

4 years ago

December 24, 2021

बंगलादेशलाई स्तब्ध पार्ने सोचमा नेपाली युवा टोली

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा नेपालले आज बंगलादेशसँग खेल्दै छ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : १५ मा शारजाह क्रिकेट स्टेडियममा सुरुहुनेछ । नेपाल टेस्ट टोली बंगलादेशलाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । बंगलादेश नेपालमाथि सहज जितका साथ विजयी सुरुवात गर्ने सोचमा हुनेछ ।

नेपालको कप्तानी देव खनाल र बंगलादेशको रकिबुल हसनले गर्नेछन् । समूह बी मा नेपाल, बंगलादेश, श्रीलंका र कुवेत छन् । समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र युएई छन् । नेपाली यू१९ टोली उच्च मनोबलका साथ युएई पुगेको छ । नेपालले साविक विश्वकप च्याम्पियन बंगलादेशलाई हराउँदै सनसनी मच्चाउन चाहन्छ । आइसिसी यू१९ एसिया छनोट रद्ध हुँदा विश्वकप खेल्ने अवसर गुमाएको नेपाल त्यसको इख एसिया कपमा पोख्ने सोचमा छ ।

नेपालको मुख्य खुबी ब्याटिङ हो । नेपालको ब्याटिङमा गहिराई छ । शीर्षक्रमका तीन ब्याटर उच्च लयमा छन् । नेपालको ओपनिङ देव खनाल र अर्जुन कुमालले गर्ने सम्भावना छ । देव टोलीका सर्वाधिक बढी आशा गरेका ब्याटर हुन् । यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ खेल मध्य ४ मा अर्धशतक प्रहार गर्दै उत्कृष्ट ब्याटर चुनिएका देवलाई कप्तानी इनिङ खेल्न आवश्यक देखिन्छ । उनको क्लासिक ब्याटिङ सामू बंगलादेशका बलर निराश बन्न सक्छन् ।

अर्जुन अन्तिम सम्म खेल्दै अन्य ब्याटरलाई खेल्न सहज बनाउन खोज्नेछन् । सन्तोष कार्कीले तेस्रो नम्बरमा गर्ने सम्भावना छ । सन्तोष आक्रामक ब्याटिङ गर्न रुचाउँछन् । यू१९ राष्ट्रिय प्रतियोगिता र अभ्यास खेलमा नेपाल एपिएफविरुद्ध सन्तोषले उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । एपिएफविरुद्ध १ सय ५३ रनको इनिङ खेलेका सन्तोषबाट बंगलादेशविरुद्ध त्यस्तै प्रदर्शन चाहन्छ ।

चौथो नम्बरमा अर्जुन साउद हुँदा ब्याटिङ झन मजबुत बनेको छ । साउद आक्रामक ब्याटिङका लागि चिनिन्छन् । उनले पनि घरेलु क्रिकेटमा राम्रो छाप छाडेका छन् । मध्यक्रममा अर्जुनबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । विकेटकिपर समेत रहेका अर्जुनको प्रदर्शन महत्वपूर्ण नेपाललाई निकै महत्वपूर्ण हुनेछ ।

पाँचौं नम्बरमा विवेक यादव र छैटौं नम्बरमा आदिल अन्सारीको सम्भावना छ । दुबै ब्याटर आक्रामक ब्याटिङका लागि चिनिन्छन् । नेपाल यी दुई ब्याटरबाट उत्कृष्ट अन्त्य चाहन्छ । सातौं नम्बरमा स्पिन अलराउन्डर बशिर अहमदको सम्भावना छ । बायाँ हाते बशिर उच्च लयमा छन् । उनी ठूला सट खेल्न बढी रुचाउछन् ।

तल्लोक्रममा शेर मल्ल र गुलशन झा हुनेछन् । गुलशन सिनियर टोलीबाट खेलि सकेका छन् । शेर घरेलु क्रिकेटका परिचित नाम हुन् । तीव्र गतिका बलर दुर्गेश गुप्ता पनि तल्लोम्रममा ब्याटिङ सम्हाल्न सक्छन् । नेपालले प्रमुख तीव्र गतिका बलरमा दुर्गेश र गुलशनलाई खेलाउने छ । गुप्ताले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

गुप्ताको स्विङ र गुलशनको गतीमा नेपाली बलर बंगलादेशमाथि हाबी हुनसक्छन् । आदिल र विवेक पार्ट टाइम तीव्र गतिका बलर हुनेछन् । स्पिनरमा शेर मल्ल, बशिर अहमद र तिलकराज भण्डारीको सम्भावना छ । तीव्र गतिको बलिङ युनिट थोरै कमजोर देखिन्छ ।

बंगलादेश साविक विश्वकप च्याम्पियन टोली हो । विश्वकप जित्दाका रकिबुल हसन कप्तान छन् । त्यस्तै विश्वकप जित्दाका ओपनर प्रान्तिक नबिल पनि यू१९ एसिया कप टोलीमा छन् । भारतसँगको अभ्यास खेलमा नबिलले उत्कृष्ट प्रदर्शन गरेका थिए । भारतविरुद्ध उनले १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । एसएम महरोब हसन र मोहम्मद फहिम मध्यक्रमका ब्याटर हुन् ।

विश्वकप विजेता बंगलादेश नेपालमाथि सहज जित निकाल्ने सोचमा हुनेछ । बंगलादेशले विश्वकप जित्दाका रकिबुल हसन, प्रान्तिक नाबिल र एसएम मेहरोब टोली हुँदा बंगलादेश मजबुत छ । भारतसँगको पाँच अभ्यास खेलमा बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्दै जितेको थियो । बंगलादेशले भारतीय यू१९ टोलीलाई दोस्रो खेलमा १ सय १३ रन र फाइनलमा १ सय ८१ रनले हराएको थियो ।

बंगलादेशको त्यसैले मनोबल उच्च हुनेछ । नेपाललाई बंगलादेश सहज हुने छैन । शारजाहको छोटो बाउन्ड्री हुँदा पहिला टस जित्ने टोलीले ब्याटिङ रोज्न सक्छन् । पहिलो खेलमा श्रीलंकाले कुवेतलाई २ सय ७४ रनले पराजित गरेको थियो । समूह ए को खेलमा भारतले युएईलाई १ सय ४५ रन र पाकिस्तानले अफगानिस्तानलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेका थिए ।


हेड टु हेड :

बंगलादेश र नेपालबीच २००८ यता पाँच खेल भएको छ । जसमा बंगलादेशको यू-१९ टोलीले चार खेलमा जित निकालेको छ । एक खेल वर्षाको कारण हुन सकेको छैन । २०१९मा बंगलादेशले नेपाललाई ६ विकेटले हराएको थियो । २०१७ मा बंगलादेशले नेपालमाथि कठिन २ विकेटको जित हात पारेको थियो ।

नेपाली यूः१९ टोली :

देव खनाल (कप्तान), शेर मल्ल (उप(कप्तान), दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी ।

प्रशिक्षक : वसन्त शाही ठकुरी


नेपालको खेल तालिका


पुष ९ : (२४ डिसेम्बर) – बंगलादेश

पुष ११ (२६ डिसेम्बर) – श्रीलंका

पुष १३ ( २८ डिसेम्बर) – कुवेत

पुष १५ (३० डिसेम्ब), सेमिफाइनल– दुबै समूहका शीर्ष दुई दुई टोली

पुष १६ (३१ डिसेम्बर), फाइनल– सेमिफाइनल विजेता

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.